साप्ताहिक संवाददाता
माघ २९, २०७६
काठमाडौं
चिनियाँ राष्ट्रपति सी चिनफिङको जीवनीमा आधारित पुस्तक ‘सी चिनफिङ, जीवन र संघर्ष’ पुस्तक नेपाली बजारमा आएको छ । चिनफिङको जीवन संघर्ष समेटिएको पुस्तक पत्रकारद्वय सागर चन्द र निर्भीकजंग रायमाझीको संकलन तथा सम्पादनमा बजारमा आएको हो ।
पुस्तकमा सीको बाल्यकालदेखि अहिलेसम्मको संघर्ष र आधुनिक चीनको राजनीतिक–सामाजिक घटनाक्रम समेटिएको छ । विश्वकै शक्तिशाली नेतामध्येमा पर्ने सी चिनफिङको जीवनबारे चासो हुने तथा चिनियाँ राजनीतिबारे जान्न चाहनेलाई पुस्तक उपयोगी हुने लेखकद्वयले बताएका छन् ।
पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।