साप्ताहिक संवाददाता
फाल्गुन ७, २०७६
काठमाडौं
बलिउड तथा दक्षिण सिनेमाकी चर्चित अभिनेत्री किशोरी बलालको निधन भएको छ । मंगलबार राती ८२ वर्षको उमेरमा उनको निधन भएको भारतिय मिडियाहरुले जनाएका छन् ।
किशोरी बलाल लामो समयदेखि बिरामी थिइन् । उनले बंगलोरको अस्पतालमा अन्तिम सास लिइन् । बुढ्यौलीसँग सम्बन्धित रोगका कारण उनलाई केही समयदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
वरिष्ठ अभिनेत्री बलालले १९६० देखि फिल्मी करिअर सुरु गरेकी थिइन् ।
२००४ मा शाहरुख खानको चलचित्र ‘स्वदेश’ लगायत अरु धेरै चलचित्रमा उनले गरेको अभिनय अहिलेपनि धेरैको मन र मस्तिष्कमा छाप छोड्न सफल छ ।