
साप्ताहिक संवाददाता
हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसरमा पशुपतिनाथ परिसरमा भक्तजनहरुको ब्यापक घुईचो रहेको छ । भारत देखि शिवरात्री मनाउन आएका साधुसन्तहरुको भवभंगीका कारण उनीहरु आकर्षणको केन्द्र भएका छन् ।
साधुसन्तसंग शिव वुटी भन्दै गाँजा माग्न आउने युवाहरु प्रसस्तै रहेका छन् । केही साधुहरु पैसा लिएर गाँजा बिक्रि गरिरहेका देखिन्छन् भने कोही साधुहरु धुनी बालेर मस्त भैरहेका छन् ।