साप्ताहिक संवाददाता
फाल्गुन ९, २०७६
काठमाडौं
चलचित्र ‘इन्डियन २’को छायांकनको क्रममा क्रेन दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ९ जना घाइते भएका छन् ।
चलचित्रका मुख्य कलाकार कमल हसनले निधन भएका टेक्निसियनको परिवारलाई आर्थिक सहयोग दिने घोषणा गरेका छन् । टाइम्स अफ इण्डियाले जनाएअनुसार हसनले ३ जनाको परिवारलाई १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । ‘यो दुर्घटनाले निकै दुःख लागेको छ’ हसनले भनेका छन् ।
यस्तै, अभिनेत्री काजल अग्रवालले यो दुःखको कुनै पनि तरिकाले बर्णन गर्न नसकिने बताएकी छिन् । मृतकका परिवारप्रति आफ्नो पूर्ण सहानुभूती रहेको समेत बताइन् ।
एस शंकरको निर्देशन रहेको दक्षिण भारतीय भाषामा निर्माण भैरहेको इन्डियन २ को छायांकन चेन्नाईमा भैरहेको थियो ।