साप्ताहिक संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षको ओस्कार एवार्ड दक्षिण कोरियाली चलचित्रले जितेकोमा असन्तुष्ट देखिएका छन् । ट्रम्पले चुनावी अभियानको क्रममा सर्वोत्कृष्ट चलचित्रको ओस्कार एवार्ड पारासाइटले जितेकोमा आफ्नो चित्त नबुझेको जनाएका हुन् ।
यो वर्षको ओस्कार एवार्डमा सर्वोत्कृष्ट चलचित्रको एवार्ड दक्षिण कोरियाली चलचित्र पारासाइटले जितेको थियो । ओस्कारको ९२ वर्षको इतिहासमा पहिलोपटक गैरअंग्रेजी भाषाको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।
अमेरिकास्थित कोलोराडोमा भएको चुनावी ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘यो वर्षको ओस्कार एवार्ड कतिसम्म खराब रह्यो, हेर्नुभयो ? कोरियाली चलचित्र विनर भयो । खास के हो ? कोरियासँग व्यापारिक रुपमा धेरै समस्या छन् । यस्तो स्थितीमा उनीहरुलाई नै किन सर्वोत्कृष्ट चलचित्रको रुपमा एवार्ड दिइएको हो ?’
उक्त अवसरमा त्यो चलचित्र कतिसम्म राम्रो थियो भन्ने कुरा आफुलाई थाहा नभएपनि उनले भनेका छन्, ‘चलचित्र राम्रो थियो होला तर सर्वोत्कृष्ट होइन ।’