फाल्गुन १४, २०७६
अभिनेत्री माधुरी दीक्षितले बलिउडमा झन्डै एक दशकसम्म राज गरिन् । अहिले पनि उनी फ्यानका लागि उति नै लोकप्रिय छिन् । पर्दामा आए पनि पर्दाबाहिर रहे पनि उनको चर्चा सेलाउँदैन । भ्यालेन्टाइन दिवसमा माधुरी पुन: आफ्नो भनाइका कारण चर्चामा आएकी छन् । चलचित्र ‘गन्स अफ बनारस’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई पत्रकारले पति कत्तिको रोमान्टिक छन् भनेर प्रश्न सोधेका थिए ।
‘मेरा पति निकै रोमान्टिक छन् । मेरो अनुहारमा आएको खुसी पनि पतिकै कारणले हो’, उनले भनेकी छन् । माधुरीलाई बलिउडमा ‘हाजिर जबाबी’का रूपमा पनि चिनिन्छन् । हरेक प्रश्नको उनले तर्कसहित जवाफ दिन्छिन् । उनले आफ्ना लागि हरेक दिन विशेष हुने भएकाले हरपल आफू रोमान्टिक हुने गरेको बताएकी छन् ।