तपाईंलाई कोसँग सेल्फी खिच्न मन छ ?

- साप्ताहिक संवाददाता

फाल्गुन १६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सेल्फी खिच्न मन छ । किनभने पछिल्लो समय उहाँ निकै आलोचित हुनुभएको छ । आलोचित मानिससँग सेल्फी खिचेर फेसबुकमा हाल्दा मज्जा आउँछ । 

टंक तिमिल्सिना, गायक 

आफ्नो स्वार्थभन्दा माथि उठेर देशको माया गर्ने नेता कुनै दिन आउनुभयो भने उहाँसँग सेल्फी खिच्छु । तर, अहिले सेल्फी वाला फ्रेम खाली छ । 

सुरक्षा पन्त, अभिनेत्री 

गायिका विष्णु माझीसँग सेल्फी खिच्न मन छ । किनभने सार्वजनिक ठाउँमा उहाँको उपस्थिति दुर्लभ छ । साथै उहाँ मीठो स्वरकी धनी पनि हुनुहुन्छ ।

हेमन्त शर्मा, गायक 

मलाई जिन्दगीमा एकपटक मात्र भए पनि कुलमान घिसिङसँग सेल्फी खिच्न मन छ, जसले अन्धकार नेपाललाई झिलिमिली बनाइदिएर देशलाई उज्यालो पारिदिए ।

धिताल चिरिच्याट्ट, हास्यकलाकार 

एक्सन हिरो टोनी जासँग सेल्फी खिच्न मन छ । मलाई उहाँ एक्सन मनपर्छ । 

सविन श्रेष्ठ, अभिनेता 

म सलमान खानको फ्यान हुँ । त्यसैले उहाँसँग सेल्फी खिच्न मन छ । 

सृष्टि खड्का, मोडल 

मलाई मेरी आमासँग सेल्फी खिच्न मन छ, तर के गर्नु मेरो यो इच्छा सधैं अधुरै रहनेछ । किनभने मैले आमालाई गुमाइसकेकी छु । 

राधिका हमाल, गायिका 

आजसम्म मैले आफ्नै त सेल्फी खिचेको छैन, अब कोसँग खिच्न मन छ भनूँ ? 

दीपेन्द्र के खनाल, निर्देशक 

लिओनार्दो डिक्याप्रियोसँग सेल्फी खिच्न मन छ । किनभने उहाँ मलाई मनपर्ने कलाकार हो । 

ऋचा शर्मा, अभिनेत्री 

मलाई विश्वको सर्वोच्च शिखर सगरमाथासँग सेल्फी खिच्न मन छ, किनभने नेपाल सरकारले पर्यटन वर्ष २०२० मनाइरहँदा म आफ्नो तर्फबाट पनि नेपालमा पर्यटन भित्र्याउने काममा सहयोग गर्न चाहन्छु । 

कल्पना कुसुम, गायिका 

भगवान शिवसँग, अल्ला भगवान्सँग, जिसस क्राइस्टसँग र अर्काे संसारको धनी बिल गेट्ससँग सेल्फी खिच्न मन छ । 

किरण केसी, हास्यकलाकार 

मलाई बलिउडकी वरिष्ठ गायिका लता मङ्गेश्करसँग सेल्फी खिच्न मन छ, किनभने म उहाँको स्वरको फ्यान हुँ । साथै म पनि उहाँ जस्तै अब्बल र दीर्घकालीन गायक बन्न चाहन्छु । 

खुमन अधिकारी, गायक 

मलाई निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेल्फी खिच्न मन छ, उनको जुन तरिकाले प्रश्नको सामना गर्ने र जवाफ दिने शैली छ त्यो मलाई अजीवोगरिब लाग्छ । म उनीसँगको एउटा तस्बिर मेरो घरको भित्तामा झुन्ड्याउन चाहन्छु ताकि कतै निस्कने बेला वा घरभित्रै कसैसँग बोल्ने बेला ‘पायो भन्दैमा थ्याच्च नबस्नु र आयो भन्दैमा प्याच्च नबोल्नु’ भन्ने उखान याद रहोस् । कमिसनको बारेमा प्याच्च बोल्नाले उनले जुन आपत बेहोर्नुपर्‍यो र जुन बापत खेप्नुपर्‍यो त्यो शिक्षाप्रद हुनेछ । त्यसैका लागि पनि सेल्फी त चाहियो । उनीसँगको सेल्फी नै घरमा भएपछि ‘हेप्नी’ भनेर उनले बोलेको लोकप्रिय थेगो सम्झेर मुस्कुराउने बहाना पनि मिल्छ ।

दुर्गा पंगेनी, गीतकार 

लिस्टमा त धेरै जना हुनुहुन्छ । तैपनि यदि अहिलेसम्म माइकल ज्याक्सन हुनुभएको भए उहाँसँग सेल्फी लिन्थें होला । माइकल ज्याक्सनले धेरै डान्सरलाई प्रोत्साहन गर्नुभएको छ र म पनि डान्सर भएकाले पक्कै म पनि उहाँबाट प्रोत्साहित छु । 

गम्भीर विष्ट, मोडल तथा निर्देशक 

मलाई अहिले चाहिँ डोनाल्ड ट्रम्पसँग सेल्फी खिच्न मन छ । मलाई उहाँको व्यक्तित्व एकदमै मनपर्छ  साथै एउटा राम्रो कमान्डिङ गर्न सक्ने पावर छ र उहाँलाई संसारकै हिरोभन्दा फरक पर्दैन । त्यसैले एकपटक उहाँसँग सेल्फी लिने मन छ । 

हिमाल सागर, गायक 

मलाई भारतीय गायकद्वय सोनु निगम र अरिजित सिंहसँग सेल्फी लिन मन छ । 

निशान भट्टराई, गायक 

मलाई सलमान खानसँग सेल्फी खिच्न मन छ । किनभने उहाँ मेरो सधैंका लागि क्रस हो । 

दीपिका प्रसाईं, अभिनेत्री 

मलाई गुराँस नानीसँग सेल्फी खिच्ने मन छ । किन ? केका किन ? जिनको टोपी लिन । 

राजाराजेन्द्र पोखरेल, हास्यकलाकार 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङसँग सेल्फी लिने ठूलो रहर छ ।

टेकेन्द्र शाह, भिडियो एडिटर 

मलाई सानैदेखि अभिनेता राजेश हमाल मनपर्छ । त्यसैले मौका मिल्यो भने उहाँसँग सेल्फी लिने मन छ । 

विक्रान्त मेहेता,चिकित्सक तथा गायक

शाहरुख खान र कोरियन अभिनेता डन लीसँग सेल्फी लिने ठूलो इच्छा छ । 

प्रकाश सपूत, गायक 

क्रिस्टियानो रोनाल्डो मलाई मनपर्ने खेलाडी हुन् । त्यसैले मौका मिल्यो भने उनीसँग सेल्फी हान्ने मन छ । 

महेश काफ्ले, गायक 

भाइन डिजेलसँग सेल्फी खिच्न मन छ । किनभने उहाँ मेरो बेस्ट एक्टरका हो । 

शान थापा, निर्देशक 

अमिताभ बच्चनसँग । उनी अभिनीत थुप्रै फिल्मको प्रशंसक हुँ । उनको सकारात्मक साेंच, कर्मप्रतिको अविच्छिन्न लगनशीलताले मलाई साधै लोभ्याइरहन्छ ।

मीनराज वसन्त, साहित्यकार

मलाई अहिलेका भाइरलवालाहरूसँग सेल्फी खिच्न मन छ, किनभने उनीहरूको कारणले हामीजस्ता १५ वर्षदेखि आफ्नो क्षेत्रमा दु:ख गर्नेहरू चर्चामा आइन्छ कि ? 

यादव देवकोटा (सरापे), हास्यकलाकार

पूर्वराजा ज्ञानेन्द्रवीर विक्रम शाहसँग सेल्फी लिन मन छ । 

शिव विक, निर्देशक

मलाई त अरूसँग भन्दा आफैंसँग सेल्फी खिच्न मनपर्छ । किनभने आफ्नो सेल्फी लिँदै राम्रो लाग्छ । 

सञ्चिता लुइँटेल, अभिनेत्री 

प्रकाशित :फाल्गुन १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×