• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
खेलाडी हुँदै व्यापारी बन्नेहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

खेलाडी हुँदै व्यापारी बन्नेहरू
फाल्गुन १९, २०७६

खेलाडीहरूले आफूलाई खेलकुदमार्फत सफलता दिलाउने भनेकै युवा उमेरमै हो । खेलाडीहरूको युवा उमेरको हद यति नै वर्ष हुन्छ भन्ने कुनै अन्तर्राष्ट्रिय मान्यता छैन । यदि आफूलाई नयाँ पुस्ताले विस्थापित नगरेसम्म ऊ युवा खेलाडीकै श्रेणीमै परेर खेलिरहेको हुन्छ । 

सक्रिय खेलाडी जीवनबाट अलग भएपछि धेरै खेलाडीहरू दुविधामा हुने गर्छन् । विकासशील राष्ट्रमा हेर्ने हो भने धेरै खेलाडीहरू खेल जीवनपछि प्रशिक्षकका रूपमा काम गर्न थाल्छन् भने पश्चिमी मुलुकमा पनि यही किसिमको ट्रेन्ड रहेको देखिन्छ । तर, पछिल्लो पटक अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका धेरै खेलाडीहरूले आफ्नो करिअरमै नयाँ सम्भावनाको ढोका खोल्ने काम गर्न थालेका छन् । नाम चलेका अन्तर्राष्ट्रिय खेलाडीहरूलाई विभिन्न व्यापारिक कम्पनीहरूले ‘ब्रान्ड एम्बेसडर’ बनाउने क्रममा ठूलो धनराशी खर्च गर्ने परम्परा बसेको छ । यसरी प्राप्त भएको रकम खेलाडीहरूले पनि विभिन्न व्यापारको क्षेत्रमा लगानी गरेर आफूलाई व्यापारीको श्रेणीमा खेल करिअरकै बेला राख्ने गरेको देखिन्छ । अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम र दाम कमाएका धेरै खेलाडीहरूले कुनै न कुनै किसिमको व्यापारलाई अँगालेर अन्तर्राष्ट्रिय ब्रान्डसमेत बनाइसकेका छन् । 

खेलाडी हुँदै व्यापारी बन्नेमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको नाम अगाडि आउने गर्छ । ७ नम्बर जर्सीमा फुटबल मैदानमा उत्रिने रोनाल्डो ‘सि सेभेन’ ब्रान्डको कम्पनी खोलेका छन् । यो ब्रान्डबाट उनले अण्डरवेयरहरूको उत्पादन थाले पनि उनले अहिले परफ्युम, डेनिम, जुत्ता र जिमका सामग्रीहरूको उत्पादनको क्षेत्रमा पनि हात हालेका छन् । रोनाल्डोले खेल र विज्ञापनबाट जति पैसा आम्दानी गरिरहेका छन्, त्योभन्दा बढी अहिले उनको ब्रान्डबाट हुन थालेको छ । उनी आफ्ना उत्पादनहरूलाई करोडौं फलोअर्स रहेको सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत प्रचार–प्रसार गरिरहेका हुन्छन् । 

क्रिष्टियानो रोनाल्डोकै समकक्षी वा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका लियोनल मेस्सी पनि छन् । सन् २०१९ मा विभिन्न कम्पनीहरूको ब्रान्ड एम्बेसडर भएर १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ आम्दानी गरेका थिए उनले घडी कम्पनी खोलेका छन् । आउडेमर पिग्वेट ब्रान्डको महँगो घडी उत्पादनको क्षेत्रमा मेस्सी लागेका छन् । उनको कम्पनीले उत्पादन गरेको घडीको मूल्य न्यूनतम ३४ लाखदेखि ६८ लाख रुपैयाँ पर्ने गर्छ । 

टेनिस खेलबाट सर्वाधिक आम्दानी गर्ने खेलाडीमा रसियन सुन्दरी मारिया सारापोभा पनि पर्छिन् । फोब्र्स म्यागजिनले मारिया सारापोभालाई धेरै पटक सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीको शीर्ष सूचीमा समेत राखिसकेको छ । एक अनुमानअनुसार सारापोभाले टेनिस खेलबाट मात्र २२ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकी थिइन् । पाँच पटक ग्राण्डस्ल्याम उपाधि जितेकी सारापोभाले आफ्नो नामसँग मिल्ने गरेर सुगरपोभा नामक क्याण्डीको कम्पनी खोलेकी छन् । यो कम्पनीले चकलेट, गमीज, गमबल, ट्रुफेल्स जस्ता गुलिया खानेकुराहरू उत्पादन गर्दै आएको छ ।

टेनिस खेलाडी भेनस विलियमले पनि खेल जीवनमा ७ वटा ग्राण्डस्ल्याम जितेर ४ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरिन् । यो बाहेक उनलाई पनि विभिन्न कम्पनीहरूले ब्रान्ड एम्बेसडरका रूपमा लिएको थियो । आम्दानी राम्रो भएपछि भेनसले पनि विभिन्न कम्पनीहरूमा लगानी गरेर आफूलाई खेलाडी सँगसँगै व्यापारीका रूपमा पनि स्थापित गर्ने प्रयास गरिन् । उनले पहिलो पटक फेसन ब्रान्ड एलिभेनमा लगानी गरिन् भने पछि उनले एक इन्टेरियर डिजाइन गर्ने फर्म सञ्चालन गरिन् । यो बाहेक भेनसले सन् २००९ मा एनएफएल मियामी डल्फिनमा समेत लगानी गरेकी थिइन् । भेनसको बहिनी सरिना विलियमले टेनिस करिअरमा २३ पटक ग्रान्डस्ल्याम जितिन् । खेल करिअरबाट उनले २० अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ । सरिनाले पनि दिदी भेनससँग मिलेर मियामी डल्फिनमा लगानी गरेकी थिइन् भने उनले अलग्गै लगानी कम्पनी पनि सञ्चालन गरिन् । यो लगानी कम्पनीले मूलत: महिलाहरूले सञ्चालन गर्न लागेको कम्पनीलाई आर्थिक लगानी गर्ने गर्छ । 

मियामीको फुटबल टिमबाट खेल्ने डुवाने जोन्सनको प्रशंसक अहिले अत्यधिक छ । फुटबलबाट प्रोफेसनल रेस्लरको करिअर थालेपछि डुवानेको प्रशंसकको संख्या अत्याधिक बढेको थियो । पछिल्लो समय हलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारका रूपमा देखापरेपछि डुवानेले ‘सेभेन बक्स प्रडक्सन’ कम्पनीको स्थापना गरे । यो कम्पनीले अहिले विभिन्न टेलिभिजन कम्पनीहरूलाई टेलिभिजन शोको निर्माण गर्ने गर्छ । यो प्रोडक्सन कम्पनीले निर्माण गरेका कार्यक्रमहरू अत्याधिक लोकप्रिय हुने गरेका छन् । 

अमेरिकी गल्फर क्रिष्टि केरले आफ्नो गल्फ करिअरमा २० भन्दा बढी उपाधिहरू जितिन् । यो सफलताले उनलाई २ अर्ब २८ करोड रुपैयाँ दिलायो । गल्फ खेलाडी हुँदै क्रिष्टिले ‘द एप्रेन्सिट’ ब्रान्डको वाइन उत्पादनको क्षेत्रमा हात हालिन् । उनले उत्पादन गरेको वाइनलाई धेरैले मनपराए र उनलाई चाँडैनै व्यापारीका रूपमा स्थापित गरे । अहिले उनको कम्पनीले उत्पादन गर्ने कार्डोनायेस र कार्बरनेट वाइनको क्षेत्रमा प्रतिष्ठित मानिन्छ । 

हालै हेलिकप्टर दुर्घटनामा मृत्यु भएका बास्केटबल खेलाडी कोबे ब्रायन्टले सन् २०१६ मा एनबीएबाट संन्यासको घोषणा गरे । सोही वर्ष उनले स्थापना गरेको ग्रानिटी स्टुडियोले निर्माण गरेको ‘डियर बास्केटबल’ ले एकेडेमी एवार्डसमेत जित्यो । ब्रायन्टले ६८ करोड ४० लाख रुपैयाँमा बडी आर्मर नामक स्पोर्टस् ड्रिंक्स कम्पनी सञ्चालनमा ल्याए । उक्त कम्पनीले केही वर्षमै २२ अर्ब ८० करोड रुपैयाँ फाइदा गरेको थियो । बाँस्केटबल खेलाडी लोन्जो बल एनबीएमै रहँदै व्यापारको क्षेत्रमा प्रवेश गरेका थिए । लोन्जोको बुवाले विग बलर ब्रान्डको कम्पनी खडा गरेर बाँस्केटबल खेलाडीले लगाउने जुत्ताको उत्पादन गर्ने गर्थे । जसमा लोन्जो स्वयं बाँस्केटबल खेलाडी भएको कारण उनलाई उक्त ब्रान्डको जुत्ताको प्रचार–प्रसार गर्न गाह्रो परेन । लोन्जोले खेल करिअरमा पाएको सफलतासँगसँगै उक्त ब्रान्डले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा र सफलता पाउन सफल भएको थियो । 

आफ्नो खेल करिअरमा ओस्कार डि ला होया सफल बक्सर मानिन्थे । विश्व बक्सिङ च्याम्पियनसिपमा समेत सफल भएका होयाले खेल करिअर समाप्त भएपछि आफूलाई बक्सिङको प्रमोटरका रूपमा स्थापित गरे । उनले सन् २००२ मा गोल्डेन ब्वाई नामक प्रमोसन कम्पनीको स्थापना गरेर ठूला–ठूला धनराशीको बक्सिङ प्रतियोगिता आयोजना गर्न थाले । जसमा उनले कानेलो एल्भारेज, मेनि पाक्युया, डियोन्टे वाईल्डर जस्ताको भिडन्त गराएर राम्रो आम्दानी गर्न सफल भएका थिए ।

महिला कार रेसको क्षेत्रमा डानिका प्याट्रिसियाले पाएको सफलताले उनको साथमा धेरै कम्पनीहरूले ब्रान्ड इन्डोर्समेन्ट गरे । जसको कारण स्पोर्टिङ करिअरमा उनले राम्रै आम्दानी गर्न सफल समेत भइन् । महिला कार रेसको क्षेत्रमा प्रेरणाको स्रोतसमेत बनेकी प्याट्रिसियाले खेल करिअरकै बेला वाइन कम्पनी सोमिनुमको स्थापना पनि गरिन् । यो बाहेक उनले क्लोथिङ ब्रान्ड पनि सञ्चालनमा ल्याइन् । उनको लोकप्रियता र सफलताले यी कम्पनीहरूले पनि धेरै फाइदा गरे । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik