फाल्गुन २०, २०७६
बलिउड अभिनेत्री पायल घोष आफ्नो आगामी भूमिकाका लागि स्पेनिस भाषा सिकिरहेकी छन् । उनले आफूलाई स्पेनिस भाषा राम्रो लागेकाले सिकेको बताएकी छन् । ‘म स्पेनिस भाषा सिकिरहेकी छु । मलाई यसको पूरा प्रक्रिया निकै मन परेको छ । स्पेनिसमा हरेक भावना, हाउभाउलाई अलग किसिमले प्रस्तुत गरिन्छ । यो निकै खुल्ला भाषा हो ।
यो सुन्दर छ र मलाई आशा छ कि म यसलाई राम्रोसँग सिक्न पाउनेछु’, उनले भनेकी छन् । सन् २०१७ मा ‘पटेलकी पन्जाबी शादी’मा देखिएकी पायलले आफू चलचित्रका बारेमा केही नबोल्ने बताइन् । ‘वर्तमान अवस्थामा म चलचित्रका बारेमा धेरै केही बोल्दिनँ । तर म वाचा गर्छु कि मैले अभिनय गर्ने चलचित्र निकै गज्जबको हुनेछ’, उनले भनेकी छन् ।