साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘पानी फोटो’ आगामी वर्षको साउन ३० गतेबाट अल नेपाल रिलिज हुने भएको छ । चलचित्रका निर्देशक खगेन्द्र लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्रको रिलिज डेट सार्वजनिक गरेका हुन् ।
यो चलचित्रमा खगेन्द्रका साथमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्धि तामाङ, सरस्वती अधिकारीलगायत कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्र ‘पानी फोटो’ले १५ वर्षअघि बेपत्ता छोरोको पर्खाइमा बसेका बाबु–आमाको कथालाई प्रस्तुत गर्ने निर्देशक लामिछाने बताउँछन् ।
‘पशुपतिप्रसाद’, ‘धनपति’ ‘टलकजङ्ग भर्सेस टुल्के’, बधशाला’ जस्ता नेपाली स्वाद बोकेका चलचित्रमा काम गरेका खगेन्द्रको टुकी आर्ट्स प्रा.लि.ले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा चलचित्र ‘पानी फोटो’ निर्माण भएको हो ।
‘पानी फोटो’ कलाकार तथा लेखक खगेन्द्र लामिछानेले नै लेखेको नाटक ‘पानी फोटो’बाट अनुरुपण गरिएको हो ।
चलचित्रको छायांकन तत्कालीन सरकार–माओवादी द्वन्द्वको उद्गमस्थल रोल्पाको होलेरीमा पुगेर गरिएको छ ।