फाल्गुन ३०, २०७६
अहिले गायिका एली गोल्डिङ वैवाहिक जीवनलाई निकै सुन्दर तरिकाले अगाडि बढाइरहेकी छन् । उनका पति केस्पर जोपिलंग जहिल्यै हनिमुन फेसमा देखिन्छन् । ‘लभ मी लाइक यू डू’ हिटमेकर एलीले गत वर्षको अगस्टमा आर्ट डिलर जोपलिंगसँग विवाह गरेकी थिइन् ।
हालै मात्र एलीले ब्याङ्ग शो बिजका लागि गरेको साक्षात्कारमा वैवाहिक जीवनलाई लिएर खुसी व्यक्त गरेकी हुन् । ३३ वर्षीया गायिकाले आफ्नो आगामी एल्बमका बारेमा कुरा गर्दै एल्बम निकै अगाडि पूरा भइसकेको जानकारी दिएकी छन् ।
उनका अनुसार एल्बमले जीवन र सम्बन्धलाई नजिकबाट नियाल्नेको कथा प्रस्तुत गरेको छ । ‘मैले यसलाई निकै अगाडि लेखेकी थिएँ । त्यसकारण पनि एल्बम आउन निकै समय लाग्यो । मैले जिन्दगी र सम्बन्धलाई जसरी हेरेको छु, आफ्नो एल्बममा समेटेकी छु,’ उनले भनेकी छन् ।