साप्ताहिक संवाददाता
चैत्र ६, २०७६
पछिल्लो समय विश्वव्यापी रुपमा फैरिरहेको कोरोना भाइरसले विश्वभरीका मानिसहरुको ध्यान खिचेको छ । यो भाइरसका कारण विश्वका १६५ देशमा मानिसहरुको मृत्यु भैरहेको छ । त्यसैले विश्वभरीका मानिसहरुले कोरोनाबाट बाँच्नका लागि विभिन्न उपायहरु अबलम्बन गरिरहेका छन् ।
बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि कोरोना संक्रमणबाट बच्नका लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्पको तस्बिर शेयर गर्दै आफू क्वारेन्टाइनमा भएको बताएका हुन् ।
यस्तै, अभिनेत्री आलिया भट्टले पनि कोरोनाबाट बँच्न आफू घरमै सुरक्षित बसेको बताएकी छिन् । उनले पनि सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै आफू सेल्फ क्वारेन्टाइनमा बसेको बताएकी हुन् ।