साप्ताहिक संवाददाता
चैत्र ६, २०७६
हालै सम्पन्न कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का केहि प्रतियोगीलाई लिएर निर्माण टीमले गर्ने भनेको ‘वल्र्ड टुर’ स्थगित भएको छ । कार्यक्रमका निर्णायक मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै ‘वल्र्ड टुर’ स्थगित गरिएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्– ‘कमेडी च्याम्पियनको यात्रा सकिएको होइन, रोकिएको मात्र हो । हिमेश, खबपु, दले, सुमन, मेक्सम सहितको हाम्रो विश्वयात्रा : कोरोनाको कहर अन्त्य भएपछि पुन: शुरु हुनेछ । अहिलेलाई जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित हुनुहोस् ।’
सार्वजनिक कार्यक्रमको तालिका अनुसार बैशाखको दोस्रो सातादेखि अस्ट्रेलियाबाट विश्व यात्राको प्रारम्भ गर्ने कार्य तालिका थियो । कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका थिए ।