सेल्फ क्वारेन्टाइनमा रहेकी सोनमको गर्भवती हल्ला

- एजेन्सी

चैत्र ११, २०७६

हालै लन्डनबाट भारत फर्किएकी बलिउड अभिनेत्री सोनम कपुर अहिले ‘सेल्फ क्वारेन्टाइन’मा छिन् । यसै समय सोनमको एक भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ, जहाँ उनी आफ्नी आमासँग कुरा गरिरहेकी छन् । 

यो भिडियो सार्वजनिक भएपछि कतिपय फ्यानले अहिले उनी गर्भवती भएको अनुमान लगाइरहेका छन् । कतिपय भारतीय भिडियाले यही खबर सम्प्रेषण गरिरहेका छन् । तर, स्पटब्वायको रिपोर्टले भने सोनम गर्भवती भएको खबरलाई गलत भनेर लेखेको छ । 

भाइरल भएको भिडियोमा सोनमले ‘लुज’ कपडा पहिरिएकी छिन् । यही ‘लुज’ कपडा देखेर धेरैले उनी गर्भवती भएको अनुमान लगाएका हुन् । ‘बेबी बम्प’का कारण उनले ‘लुज’ कपडा पहिरिनु परेको फ्यानको अनुमान छ । तर, उनी निकट स्रोतका आधारमा स्पटब्वायले बनाएको समाचारमा भने यसको खण्डन गरिएको छ । सेल्फ क्वारेन्टाइनममा बस्नुपरेकाले उनले त्यस्तो कपडा लगाउनुपरेको बताइएको छ । सोनम अहिले सोसल मिडियामार्फत कोरोना भाइरसविरुद्ध लगातार सचेतना प्रवाह गरिरहेकी छन् ।

प्रकाशित :चैत्र ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×