कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७६

चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ ।

उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको हो ।  

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा पठाइएको छ ।

वीरगञ्ज–२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मङ्गलबार विहान मृत्यु भएको थियो । अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्ष्ण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए ।  चितवन मेडिकल कलेजबाट कोभिड– १९ को आशङ्कामा उनलाई रिफर गरिएको थियो ।  उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो । 

प्रकाशित :चैत्र १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×