साप्ताहिक संवाददाता
नोरा फतेही बलिउडमा यस्तो एउटा नाम हो, जुन नाम सुन्नेबित्तिकै जो कसैको दिलको धड्कन एकाएक बढ्छ । उनको नृत्यले मात्रै होइन आकर्षक शारिरीक बनावट र सुन्दरताले बालबालिकादेखि बृद्धसम्मको ध्यान तान्ने गरेको छ ।
यही कारणले नै नोरालाई पपुलर बनायो । उनका अधिकांश भिडियो युट्युबमा अत्याधिक पटक हेरिन्छ । फेसवुक पेज, इन्स्टाग्राम एकाउन्ट लगायत सामाजिक संजालमा देखिएको लोभलाग्दो फ्यान फलोइङले समेत उनको लोकप्रियता कति राम्रो छ भन्ने कुरा अनुमान लगाउन गाह्रो पर्दैन ।
उनै नोरालाई हालै बलिउडको एक मिडियाले अन्तरवार्ता लियो । अन्तरवार्तामा खुलेर बोल्न सक्ने नोराले एउटा विषयमा बोलेको अभिव्यक्तिले यतिबेला बलिउडमा तरंग ल्याएको छ । अन्तरवार्तामा नोराले आफुले मनैदेखि काम गर्न मनलागेको अभिनेतामा रितिक रोशनको नाम लिइन् ।
आफुले बलिउडमा सधै एक मात्रै अभिनेतालाई मनैदेखि माया गर्ने र त्यो कलाकार रितिक रोशन भएको बताइन् । आफु उनकै को–स्टार बन्न चाहेको समेत उनले बताइन् । आफु रितिकको सबैभन्दा ठुलो फ्यान भएपनि, उनीसँग अहिलेसम्म चलचित्रमा काम गर्ने अवसर नपाएको उनले बताईन् ।