साप्ताहिक संवाददाता
यो भएन (खेलकुद : रियो ओलम्पिकमा सात नेपाली) । म्याराथनमा मीरा राईलाई किन सहभागी नबनाइएको ? हामी जान्न चाहन्छौं । जुन खेलाडीबाट सम्भावना छ, उसैको वास्ता छैन ।
सिम राई
अलिसाजी, तपाईंको बाटो खुल्यो (समाचार : पदार्पणको तयारी) । अब आफ्नो क्षमता देखाउने बेला आयो— सफलताको शुभकामना ।
अजय कार्की
नेपाली नारीले अमेरिकाका मानसिक रोगबाट ग्रंसित बालबालिकाहरूलाई चित्रकलाको प्रशिक्षण दिनु ठूलो कुरा हो (सुनिलाको अद्भुत प्रयास) । गर्व गर्न लायक नेपाली संसारभर फैलिएका छन् ।
प्रकाश सापकोटा
साप्ताहिकमा विज्ञापन अलि बढी भयो कि ? पाठकहरूको रुचिका सामग्री तथा स्थायी स्तम्भहरू छुटाउनु भएन ।
डेभिड श्रेष्ठ
लोकसेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेर मात्र भएन (समाचार : लोकसेवा आयोग वार्षिक कार्यतालिका सार्वजनिक) । त्यसअनुरूप काम पनि गर्नुपर्यो ।
लक्ष्मण बीसी
मिस्टर वल्र्डसम्म पुग्नु नै ठूलो कुरा हो (मिस्टर वल्र्डमा गणेश) । पिछडिएको देशबाट पनि यति सफलता हासिल गरेकोमा बधाई छ ।
कुलचन्द्र भाट
चलचित्रको चटारोले होला नि (समाचार : भूमिगत भए सौगात र दया) । आफ्नै परिवारका सदस्यहरूसँग भेट्न त मुस्किल छ, अरूसँग भेट्न झन् गार्हो भैरहेको होला ।
मिलन सोताङ राई
साप्ताहिकले युवाहरूलाई सर्वाधिक सूचना प्रदान गरी अघि बढ्न प्रेरणा प्रदान गरेको छ । उत्प्रेरणा दिने खालका स्तम्भ अझ बढी भए उत्तम हुने थियो ।
पर्वत स्पर्श, द्रोण कान्छो
नयाँपन, नयाँ विषयवस्तुहरू दिन सकेनन् भने अब गार्हो छ (पुन: रोकिए हास्य शृङ्खलाहरू) । अब जमाना धेरै अघि बढिसकेको छ ।
विनोद शर्मा
साप्ताहिकमा थपिएका नयाँ स्तम्भहरू राम्रा लागे । रोचक एवं पठनीय विषयवस्तुहरूलाई निरन्तरता दिनुहोला ।
वसन्त घिमिरे
यो रियालिटी शोले धेरै राम्रा प्रतिभा जन्माओस् (टेलिभिजन : आई क्यान डान्स) । धेरैका लागि यो आफ्नो प्रतिभा देखाउने थलो बनोस् ।
माधव तिवारी
नेपालमा फोरजी ल्याउने तयारी पहिल्यैदेखि भैरहेको थियो (फोरजीको तयारी) । छिट्टै यसको सेवा–सुविधा उपभोग गर्न पाइयोस् ।
सुनिल भट्टराई