• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
रेखा राप्रपामा जुहारी ट्विटरमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

रेखा राप्रपामा जुहारी ट्विटरमा
पुस ६, २०७३

 

रेखाजी राप्रपामा जाने रे । यो समाचार सुनेर म त खुसी भएँ । हामी कलाकारमा एउटै फिल्ममा झुन्डिएर बस्ने बानी हुँदैन । जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ । त्यो एग्रिमेन्ट खत्तम, अर्को फिल्मको सुटिङ सुरु । कुरो क्लियर छ । फिल्म चेन्ज, हिरो चेन्ज । फिल्म माओवादीको ठाउँमा फिल्म राप्रपा । हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा । दलहरूले विचार गर्नुपर्छ, टीका लगाउनेहरूलाई आफ्नो नसम्झ । टिक्नेहरूलाई आफ्नो सम्झ । हामी त कलाकार, जतातिर लाइटिङ, उतैतिर फाइटिङ । 

दीपकराज गिरी 

यता सकिनन् उता रमाइन् त के भो, पुष्प छोडेर कमल समाइन् त के भो, राजनीतिको बजारमा रेखा थापाले केही गुमाइन्, केही कमाइन् त के भो । 

नृपेश उप्रेती 

देशमा कलाकार पनि धेरै भए अब, पार्टी फेर्दै हिंड्ने रेखा थापा होइन, देशलाई नै फेर्न खोज्ने धुर्मुस–सुन्तलीलाई रोजौं । 

रत्न 

अब राप्रपा मुलुकको नम्बर एक पार्टी हुने भो । किनभने थापा माओवादी प्रवेश गर्दा माओवादीसमेत नम्बर एक नै थियो । 

बलराम बानियाँ

रेखा थापाले राप्रपा प्रवेश गरेलगत्तै त्यो पार्टीका अध्यक्षदेखि सबै नेताले हर्ष बढाइँ गरेको देख्दा लाग्यो— नपाउनेले केरा पायो बोक्रैसँग खायो । 

रामचन्द्र पोखरेल

नायिका रेखा थापालाई देखा थापा भन्थे सबैले, हो रै’छ । आखिर देखाइछाडिन् कमरेड प्रचण्डलाई राप्रपामा छिरेर । 

पाल्पाली माइलो 

रेखा थापा राप्रपा प्रवेश गरेको कुरालाई अतिरञ्जित गरिएको देख्दा नि अचम्म लाग्छ, आखिर उनी पनि त एक स्वतन्त्र नागरिक हुन् । 

अरुण सत्याल 

समाजका हरेक क्षेत्रमा राप्रपा । गायिका कोमल वलीपछि चर्चित नायिका रेखा थापा राप्रपामा प्रवेश । सबै मिलेर बलियो राष्ट्रवादी शक्ति निर्माण गरौं । 

मोहन श्रेष्ठ

रेखा थापाको घर राप्रपा हो रे– हैट !

घाटे वैद्य 

कोमल वली, रेखा थापाहरू राप्रपामा गएपछि अरू पार्टीमा के बसिरहनु होला हौ । 

रीतु थेबे

अर्को चुनावसम्म पर्खनुस् । त्यो बेला पनि राप्रपा अझ सबल भएछ भने सोच्नुस् । राप्रपा खस्किएछ भने रेखा थापा आफैंले जाने नयाँ ठाउँ देखाउनेछिन् । 

भानु बोखिम

रेखा थापा माओवादी प्रवेश गर्दा क्रान्तिकारी केटी थिइन्, राप्रपा प्रवेश गर्दा हिन्दू केटी भइन्, अर्को वर्ष कुन केटी हुने हुन् कुन्नि ? 

चन्द्रमणि गजुरेल

आउँदो चुनावमा दर्‍हो प्रतिस्पर्धा होलाजस्तो छ रेखा थापा र करिश्मा मानन्धरको । नयाँ शक्ति भर्सेस राप्रपा । एउटै क्षेत्रबाट उठाउनुपर्छ ।

राजा

रेखा थापालाई राप्रपा चाहिएको हो कि राप्रपालाई रेखा थापा, कुरा बुझ्न सकिएन । 

अमित शर्मा 

रेखा थापाले फिल्म हल फेरिछन्, मान्छे नआउने माओवादी हलमा कति दिन चलिरहनु ? राप्रपा हलमा उनको फिल्म कति चल्ने हो ? 

असल मान्छे 

करिश्मा मानन्धर— नयाँ शक्ति, सुष्मा कार्की— एमाले, रेखा थापा— राप्रपा, ज्योति मगर— माओवादी, वर्षा राउत— कांग्रेस । लु भन्नुस्, सबैभन्दा हट पार्टी कुन रै’छ नेपालको ? 

सन्तोष बजगाईं 

रेखा थापा गाई दुहुनतिर लागिन् । अब गाईले लात्ताले हान्यो भने फेरि कता जाने हुन् ? 

मंगली 

लेखेर राख्नोस्, अब राप्रपा नेपाल सर्खाराँ जाँदा रेखा थापा कन्फर्म मन्त्री हुन् । 

विश्वास बाबु 

हिन्दूवादी भएर राप्रपा प्रवेश गरेकी हुँ भन्ने रेखा थापामा अलिअलि भए पनि म्याचुरिटी आएको देखियो । उनी नाच्न मात्र राप्रपामा गएकी होइनन् । 

सुरेश वादल 

रेखा थापाले के गरून त, एमालेमा जान जाँच दिनुपर्छ बरु राप्रपाले फूलमालाले स्वागत त गर्‍यो । 

गणेश भट्टराई

रेखा आन्टीलाई भित्र्याउन पाएर कमल हजुरबा मख्ख छन् । अब ठूलै क्रान्ति गर्छ राप्रपाले हेर्दै जाम हामी । 

दामोदर पौडेल

रेखा हो कि राप्रपा, चिन्नै गार्‍हो भो’रे । 

गजनी 

प्रचण्डसँग डानस, राउटेलाई चुम्मा अनि थापाकाजीसँग साँठगाँठ । प्रभुको लीला अपरम्पार छ ।

प्रभाकर पाण्डे 

रेखा थापा राप्रपा प्रवेश गरेपछि के अब गाईले बाच्छो पाउँछ त ? राजनीति विचार र सिद्धान्तमा हुन्छ, स्वार्थमा होइन । 

तमन्ना थापा

माओवादीले चुनाव नजित्ने निश्चित भएर हो कि क्या हो रेखा दी राप्रपामा छिर्नुभा’को । 

सुरज गौतम

रेखा थापा राप्रपामा गइन् रे । कुन चुनावमा फेरि  राप्रपाले टिकट दिंदैन र मधेसी मोर्चातिर जान्छिन् । 

गफाडी पत्रकार 

विकास बजेट पाँच महिनामा ७ प्रतिशत खर्च हुन्छ । यसमा कोही बोल्दैन । हल्ला गर्छन् रेखा थापा राप्रपामा गइन् भनेर । 

समीप पोखरेल

राप्रपाको आमसभा त हेर्न जानैपर्ला जस्तो छ कतै रेखा थापाले आइटम डान्स पो गरिहाल्छिन् कि ? 

भावना 

प्रचण्डले नचाउन नसकेपछि राप्रपा प्रवेश गर्न बाध्य हुनु भा’रे भन्ने हल्ला रैछ नि बजाराँ ।

जनक खड्का 

राप्रपाले तामझामसहित रेखालाई भित्र्यायो । अब भोटिङ लिस्टमा नाम दर्ता गराओस् । नत्र पछि उम्मेदवार बनाउन लाग्दा भोटिङ लिस्टमा नाम नहोला । 

तिखे 

रेखा थापा, कमल थापा । थापा–थापा मिलेर खाउँm पापा— राप्रपा नेपालको नयाँ स्लोगन । 

रजनी 

प्रचण्डको न्वारानको नाम छवि भन्ने थाहा पाएपछि आफूलाई छवि नाम गरेका व्यक्ति नफाप्ने भएकाले प्रचण्डलाई छोडेकी हुन् रे रेखा थापाले । 

द्वन्द्वी 

दल वा पार्टीको झन्डा बोक्ने रेखा थापाजस्ता कलाकार होइन, राष्ट्रको झन्डा बोक्ने धुर्मुस–सुन्तलीजस्ता कलाकारको खाँचो छ यो देशलाई । 

सोझो चोर 

जसको जे काम हो उसले त्यही गर्नुपर्छ । कलाकारले कलाकारिता नै गर्नुपर्छ, नेताले राजनीति । दशतिर हात हालेर असफल हुनुभन्दा एउटै काममा सफल हुनु राम्रो । 

मञ्जरी 

छवि र रेखाको सम्बन्ध टिकाउ हुँदैन, यो प्रमाणित भैसकेको छ । त्यसैले कृपया यी नाम भएकाहरू एक–अर्कादेखि टाढै बसुम है ।

क्रिस देवकोटा 

रेखा थापाले आफ्नो जीवनमा दुईवटा छविलाई धोका दिइन् । 

केशव श्रेष्ठ

रेखा थापालाई राप्रपामा लगेर कमल थापाले फिलिम बनाउन आँटे कि क्या हो ? 

तेजबहादुर चौहान

रेखा थापाको राप्रपा प्रवेशपछि अब प्रचण्डको नाच्ने दिन गए भनेर न्यूज हेडलाइन नआउला भन्न सकिन्न । पुष्प छाडे पनि कमल छाडेकी छैनन् । 

प्रमोद भट्टराई

प्रचण्डले नाच्न जानेनन् क्यारे, कमल थापाको नाच हेर्न पाइने भइयो । 

सिजन लुइँटेल 

रेखा थापा राप्रपा प्रवेश गरेकै कारण उनको फिलिम हेर्ने एक जना दर्शक पनि राप्रपामा जाँदैनन् । फाइदा चैं कसलाई हुने हो कुन्नि ? 

विरोध

पहिले प्रचण्डसँग छम्मा–छम्मा गरेर चर्चा बटुलेकी रेखाले अब कमल थापासँग छम्मा–छम्मा गरेर ह्याट्रिक गर्लिन जस्तो छ । 

सारांश पाण्डे 

दुई कुमारी (रेखा थापा र कोमल वली) भएपछि राप्रपा हिरोनीहरूको पार्टी हुने भयो, हिरोनीलाई हिरो खोज्ने जिम्माचाहिं कमल थापाको । 

मात्रिका दाहाल

आजको यक्ष प्रश्न— रेखा थापा राप्रपा छिरेपछि कमरेड प्रचण्डको क्रान्ति के होला ? 

हिम केसी 

तरकारी बेच्नेले फिलिम खेल्न थाले, फिलिम खेल्नेले राजनीति गर्न थाले, राजनीति गर्नेले कमेडी गर्न थाले, कमेडी गर्नेले देश बनाउन थाले । 

विकास रेग्मी 

राप्रपाले चुनावमा बहुमत ल्याओस्–नल्याओस, रेखा थापा ल्याएछ । यत्तिमै चित्त बुझाउँm अहिलेलाई । 

राजन दाहाल

भुवन केसी, करिश्मा मानन्धर, कोमल वली र रेखा थापाहरू बहुदलीय व्यवस्थाका वास्तविक हिमायती हुन् । 

अनिल बोगटी

यही महिना दुई कलाकार कोमल वली र रेखा थापा भित्र्यायो राप्रपाले । खासमा मंसिर त राप्रपालाई पो लागेछ । 

रोशन सावाँ

राप्रपा अब पुराना पञ्चहरूको पार्टी मात्र रहेन । गणतन्त्रवादी नेतृ रेखा थापा प्रवेश जो गरेकी छिन् । 

तेजेन्द्र काफ्ले 

रेखा थापा राप्रपा नेपालमा प्रवेश गरेपछि कमरेड प्रचण्डसँग कुम हल्लाई–हल्लाई नाच्ने डान्सरको तु. आवश्यकता परेको हुँदा योग्य व्यक्तिले सम्पर्क गर्न अनुरोध गरिन्छ । 

बिमल 

सबै थापाहरू मात्र, भएन भनेर रेखा थापा पनि । होइन यो राप्रपा हो कि थाप्रपा हो ? बुझ्न गाह्रो भो— सुमन भाइ । 

अलि आचार्य 

राप्रपाको एकता, राजाको सक्रियता र रेखा थापाको राप्रपा प्रवेशबाट ठूलै खेलको संकेत पाइन्छ है ।

कमल 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik