• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
धारणा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सुविन भट्टराई

धारणा
श्रावण १६, २०७४

 

आफू जतिसुकै बिग्रिए पनि, भत्किए पनि, टुटे पनि, फुटे पनि मानिस अरूप्रति धारणा भने सजिलै बनाउन सक्छ । प्रकाशभन्दा पनि तेज गतिमा मानिसको मस्तिष्कमा एकै झझल्को वा भेटमा अरूप्रतिको धारणा बन्न थालिहाल्छ । यहाँ वर्षौंसम्म संगत गरेको साथी, इष्टमित्र, आफन्तलाई त चिन्न सकिँदैन, कतिपय अवस्थामा आफैँलाई राम्रोसँग चिन्न सकिएको हुँदैन भने कुनै मानिसले कुनै मानिसलाई देखेकै क्षण एकाएक कसरी कुनै किसिमको धारणा बनाउन सक्छ ? 

नभए कतिपय क्षणमा मानिस आफूबाट केही गल्ती हुँदा ‘ज्या † मबाट कसरी भयो त्यस्तो, आफैँलाई पत्तो भएन’ भन्ने स्थिति पनि आउँदैनथ्यो होला । हो, हामीमा धारणा बनाइहाल्ने रोग छ । धारणा, त्यो पनि आलोचनात्मक धारणा । कतिपय अवस्थामा त धारणा बनाउने मात्र होइन, बनेको उक्त धारणालाई आफूसम्म नराख्ने अर्को ठूलो रोग छ । 

कुनै क्याफेमा कफी पिउन बस्दा कुनै केटीमान्छेको हातमा चुरोट देखियो भने, सर्वप्रथम छेउछाउ बसिरहेकाहरूको मनमा एउटा धारणा बनिहाल्छ । हो, यो सत्य हो कि चुरोट कुनै पनि जेन्डरका लागि हानिकारक चिज हो, तर यो कहाँको तरिका हो कि एउटी महिलाले औँलामा चुरोट च्याप्दा अर्कोले जिब्रो टोक्दै वा साथीसित कानेखुसी गर्दै मस्तिष्कमा गलत धारणा बनाइहाल्नुपर्ने ।

च्याट गर्दागर्दैको, बोल्दाबोल्दैको साथी एक्कासिआफूले गरेको च्याटको जवाफ नफर्काई बेपत्ता हुँदा एउटा धारणा मनमनै विकसित भैहाल्छ । यति कुर्ने धैर्य पनि हुँदैन कि आखिर ऊ जवाफ नफर्काई एक्कासि किन त्यसरी गायब भयो ? कसैलाई फोन गर्दा उठेन भने उसप्रति बन्ने धारणा पनि आफ्नै ठाउँमा छ । जबकि मानिससित अरूको फोन आउँदा उठाउन नसक्नुका अनगिन्ती अनुभव आफैँसित हुन्छन् ।

कसले कसरी र के खायो ? त्यही विषयका विचारले मानिसहरूले आफ्नो भोक मेटाइरहेका हुन्छन् ।

कसैलाई एक झलक देखेकै भरमा ‘त्यो हेर्दै यस्तो छ’ वा ‘त्यो हेर्दै उस्ती छ’ भन्ने धारणा बनाइहाल्न मानिसलाई कुनै मनोरञ्जनभन्दा कम लाग्दैन । कसैले लगाएको पहिरनकै आधारमा पनि उसको सिंगो व्यक्तित्व, चरित्र, स्वभाव, हैसियत आदिका बारेमा आलोचनात्मक धारणा बनाउन मानिसलाई 

केहीले रोक्दैन । कसले कस्तो घर बनायो ? को कस्ता मानिसकहाँ जान्छ ? कसले कसरी बोल्छ ? हामी अरूको जीवनका कमजोरीहरू यसरी खोज्छौँ कि चामलमा भुस र ढुंगा त्यसरी खोजेको भए खाने बेलामा किरिक–किरिक हुने थिएन ।

मानिस आफूले देखे–चिनेकाहरूप्रति त धारणा बनाउँछ–बनाउँछ, नदेखेका–नचिनेका मानिसहरूका सम्बन्धमा पनि धारणा बनाउन पछि पर्दैन । अनुमानको खेतमा समेत धारणाका उडन्ते फसल फलाउनु मानिसको सबैभन्दा ठूलो सोख हो । कसैप्रति धारणा बनाउनु नै त गलत नहोला । कस्तो धारणा बनाउँछौँ भन्नेमा भने फरक पर्छ । किनभने आफूभित्र बनेको धारणाले अरूलाई हेर्ने दृष्टिकोण बन्छ । त्यो दृष्टिकोणले अरूसित हुने संगतमा असर गर्न सक्छ ।

जसका बारेमा आलोचनात्मक धारणा बनाइएको हुन्छ, जसका बारेमा अनेक टिप्पणी गरिन्छ, उसलाई त त्यो कुरा थाहा नहुन पनि सक्छ, तर जो यसरी अरूका बारेमा बुझ्दै नबुझी धारणाहरू बनाइरहेका छन्, उनीहरू स्वयंलाई भने यो कुराले असर गरिरहेको हुन्छ । कसैका पनि बारेमा आफ्नो मस्तिष्कमा नकारात्मक धारणा पलाउनु भनेको आफ्नै शरीर र मस्तिष्कमा रोग भित्र्याउनु हो । जो अरूप्रति गलत धारणा बनाउने र आलोचना गर्ने प्रवृत्तिको हुन्छ, ऊ मानसिक रूपमा अस्वस्थ हुन्छ ।

कुनै पनि मानिसमा दुवै पाटो हुन्छ । अरूको नकारात्मक पाटो मात्र देख्ने आँखाले आफ्नै मुटुलाई असर गर्छ । राम्रो पाटो त हुनेसित नै रहन्छ । ऊ त्यो पाटो आफैँसित लिएर जहाँ पनि हिँड्छ । बुझ्नेहरूले, चिन्नेहरूले त्यसलाई यस्सै पनि बुझिदिन्छन्, चिनिदिन्छन्, तर नबुझ्नेका लागि त्यो आफ्नै अस्वस्थताको कारण बनिदिन्छ ।

हो, अरूमा देखिने खोट र दोषले आफ्नो कमजोरी सुधार्ने मौका मिल्छ भने त्यसले मानिसलाई प्रगतिकै बाटोमा डोर्‍याउला, तर मानिसहरू अक्सर आफ्नो कमजोरीलाई ढाकछोप गर्न पनि अरूप्रति आलोचनात्मक टिप्पणी गर्छन् ।  तिनैले अरू फेल भएको देख्न चाहन्छन् जो आफ्नो जीवनमा कहिल्यै पास भएका हुँदैनन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik