• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
तीजका सम्बन्धमा युवा महिला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लक्ष्मी भण्डारी थापा

तीजका सम्बन्धमा युवा महिला
भाद्र ६, २०७४

 

 

 

समयसँगै पहिरन र खानपान मात्र होइन, रीतिरिवाज, चाडपर्व, संस्कार एवं संस्कृतिमा समेत परिमार्जन हुँदै जानुपर्छ भन्ने अवधारणाअनुरूप अहिलेको पुस्ता चाडपर्वमा पनि परिवर्तन चाहन्छ । संस्कृतिलाई निरन्तरता दिनुपर्छ तर जस्ताको तस्तै होइन, लचिलो हुँदै त्यसलाई परिष्कृत गर्दै लानुपर्छ भन्ने धारणा पछिल्लो पुस्तामा व्यापक देखिन्छ । यस क्रममा महिलाहरूको महान् पर्व मानिँदै आएको तीजका विषयमा सचेत अनि शिक्षित युवतीहरू भिन्न धारणा राख्छन् । 

 

स्नातक तेस्रो वर्षकी छात्रा रक्षा अधिकारी तीजलाई महिलाको विशेष र छुट्टै किसिमको रमाइलो पर्व मान्छिन् । अधिकारीको बुझाइमा तीजमा विवाहितहरू श्रीमान् तथा परिवारका लागि तथा अविवाहितहरू राम्रो र असल श्रीमान् प्राप्त गर्ने कामनाका साथ व्रत बस्छन् । 

 

यो हाम्रो सुन्दर परम्परा हो, यसलाइ जोगाउनुपर्छ– तीजमा वर्षौं भेट नभएका चेलीबेटी एकत्रित भएर रमाइलो गर्दै दरमा रम्ने तथा नाचगान गर्दै खुसी मनाउने कुरा बताउँदै अधिकारी भन्छिन्– महिलाका लागि माइती जाने, दिदीबहिनीहरू भेला भएर खानपिन तथा नाचगानमा प्रफुल्ल हुँदै रमाइलो गर्ने यो सुन्दर संस्कृतिलाई नयाँ पुस्ताले निरन्तरता दिनैपर्छ तर परम्परागत किंवदन्तीमा विश्वास गरेर होइन, यसलाई परिमार्जन गर्दै अघि बढ्नुपर्छ । धार्मिक ग्रन्थमा त पार्वतीले लामो व्रत बसेर महादेव पति पाएको कुरा उल्लेख छ तर आजको युगमा त्यो सम्भव कुरा होइन र यो छुमन्तर हुने समय पनि हुँदै होइन । अहिलेको समयअनुकूल व्यवहारिक पक्षलाई पछ्याउँदै संस्कृतिको निरन्तरतामा जोड दिनुपर्ने अधिकारीको तर्क छ । पानी नपिई व्रत बस्नु राम्रो होइन तर व्रत भने बस्नुपर्छ भन्ने अधिकारीको धारणा छ । अहिले दरमा देखिएको प्रतिस्पर्धा उनलाई विकृति हो भन्ने लाग्छ । भोलिपल्ट व्रत बस्नु छ आज टन्न माछामासु वा मदिरा सेवन गर्नु कुनै पनि दृष्टिकोणले उचित नभएको अधिकारी बताउँछिन् । हाम्रो संस्कारमै नभएकाले पुरुषले पनि तीजको व्रत बस्नुपर्छ भन्ने आवाजलाई पनि अधिकारी सही मान्दिनन् । अधिकारी भन्छिन्– तीज करले होइन, रहरले मनाउनुपर्छ । यसलाई उल्लासमय एवं रमाइलो पर्व बनाउनुपर्छ, न कि कसैको अधीनमा रहेर मनाउनैपर्ने बाध्यात्मक पर्व । यो महिला स्वतन्त्रताको पर्व बन्नुपर्छ ।

 

बीबीएस तेस्रो वर्षकी छात्रा सुनिता थापाको विचारमा तीज हिन्दू समुदायमा वर्षौंदेखि चलिआएको छ । यो पर्व माइती–चेलीबीचको सद्भाव कायम गर्न मात्र नभै राम्रा पहिरनमा सजिएर सुन्दर देखिने अवसर पनि हो, यो पर्व गहना प्रदर्शन गर्ने मेलोका रूपमा समेत विकसित भैरहेको छ । तीजमा निराहार व्रत बस्नुलाई मुर्खता मान्ने थापा भन्छिन्– श्रीमतीले व्रत बसेर श्रीमान्को आयु बढ्छ भन्नु दिउँसै तारा चम्कन्छ भनेजस्तै हो । एउटाले बसेको व्रतले अर्कोको आयु कुनै पनि हालतमा बढ्दैन । यिनै कारणले यसभित्रका कतिपय संस्कृति मलाई बाध्यकारी अनि अन्धविश्वासी लाग्छन् । निराहार व्रत बस्यो भने के–के न फल पाइन्छ भनेर जबर्जस्ती व्रतको सास्ती झेल्नेहरूको कमी छैन हाम्रो समाजमा । कतिपयमा अर्काको देखासिकी गरी व्रत बस्दा स्वास्थ्यमा प्रतिकूल असर परेको पाइन्छ । थापालाई तीजसँग जोडिएका धार्मिक किंवदन्तीमा पनि विश्वास छैन । पार्वतीको व्रतकै कारण भगवान् शिव पतिका रूपमा प्राप्त भएको कुरा अहिले आएर कुनै पनि दृष्टिकोणले मेल नखाने थापा दाबी गर्छिन् । धर्मशास्त्रमा लेखिएका शतप्रतिशत कुरा गलत छन् भन्ने उनको मान्यता होइन, तैपनि कतिपय यस्ता कुरासमेत लेखिएका छन् जुन अहिले आएर कतैबाट पनि सम्भव वा वैज्ञानिक देखिँदैन भने त्यसको कार्यान्वयन ज्यादै कठिन हुन्छ । तीजको परम्परामा परिवर्तन आवश्यक मान्ने थापा हाम्रो जस्तो विकासोन्मुख मुलुकमा पुरानै सोच अनि व्यवहार यसरी नै कायम रहने हो भने मुलुकको विकास कहिले हुन्छ भन्ने प्रश्न गर्न पनि पछि पर्दिनन् । थापा भन्छिन्– सबैभन्दा पहिले त हामै्र सोचमा परिवर्तन आउनुपर्छ, जसको बलमा आफ्नो समाज र समाजसँगै देश परिवर्तन गर्न सकियोस् । 

 

बीएन नर्सिङकी छात्रा शिवानी भट्टराई हिजोआजका युवतीहरूमा पनि तीजको व्रत बस्दा राम्रो र माया गर्ने जीवनसाथी पाइन्छ भन्ने बिश्वास बढ्दै गएको बताउँछिन् । परापूर्वकाल देखि यही परम्परा यसैगरी चलिआएकाले यस्तो विश्वास कायमै रहेको भट्टराईको तर्क छ । त्यसका अतिरिक्त रंगीचंगी पहिरनमा आफूलाई भिन्न तथा प्रफुल्ल महसुस गरिने यो पर्वका अवसरमा नाचगान एवं माइती तथा दिदीबहिनीहरूसँगको भेटघाटले थप खुसी बढाउने भट्टराईको बुझाइ छ । भट्टराई भन्छिन्– रातो–हरियो पहिरनका साथ सोह्रश्रृंगारमा सजिएर दर खान जाने, नाचगान गर्ने, स्वतन्त्र भएर रमाइलो गर्ने चलन भएकाले मलाई यो महिलाहरूका लागि रहरको पर्व हो जस्तो लाग्छ । सयौं होइन, हजारौं वर्षदेखि यो परम्परा चलिआएकाले यस विषयमा लेखिएका कथा–किंवदन्तीहरूसँग म सहमत छु । शास्त्रमा लेखिएका कुरा झूटा हुन सक्दैनन्, तिनको मूल मर्म कायम राख्दै आधुनिक तरिकाले समयसापेक्ष रूपमा तीज मनाउनुपर्छ, भट्टराई विविध किसिमका प्रतिस्पर्धा त्याग्दै रमाइलोका साथ तीज मनाउन सुझावसमेत दिन्छिन् । 

 

होटल म्यानेजमेन्टकी छात्रा सरु थापामगरका अनुसार तीज सदियौंदेखि चल्दै आएको विश्वास र परम्परा हो, अहिलेको नयाँ पुस्ताले यसलाई नयाँ तरिकाले बुझ्ने र मनाउने चाहना राख्छ । सरुलाई व्रत बस्नैपर्छ भन्ने लाग्दैन । उनी भन्छिन्— यदि विश्वास छ भने बसे पनि हानि गर्दैन । श्रीमतीले व्रत बस्दैमा श्रीमानको आयु बढ्छ वा अविवाहित युवतीले व्रत बसे असल जीवनसाथी पाइन्छ भन्नु कथा मात्र भएको थापामगरको तर्क छ । थापामगर भन्छिन्— अहिलेको जमानामा बाध्य भएर गर्नैपर्छ भन्ने केही छैन । पहिलेदेखि चलिआएको परम्परालाई निरन्तरता दिनुपर्छ भन्नेहरूले यसलाई उल्लासका साथ मनाउन सक्छन् । तीजसँग जोडिएका कथा–किंवदन्ती त्यो बेला सुहाउँदा थिए होलान् तर अहिले सान्दर्भिक छैनन् । थापामगरलाई शास्त्रमा लेखिएका सबै कुरा अन्धभक्त भएर पछ्याउनैपर्छ भन्ने लाग्दैन, यदि रहर र इच्छा छ भने आफूलाई खुसी राख्न शरीर र स्वास्थ्य सुहाउँदो क्रियाकलाप गर्न सकिन्छ । पानी नपिई व्रत बस्ने चलन भने हटाउनुपर्ने थापामगरले बताइन् ।

 

सौर्य एयरलाइन्समा कार्यरत शक्ति सिग्देल हिजोआजका युवतीहरूमा संस्कृतिको प्रभाव अचम्म किसिमले परेको र परिणामस्वरूप उनीहरूको व्यवहार पनि सोहीअनुरूप हुँदै गएको बताउँछिन् । सिग्देलका अनुसार अहिले अविवाहित युवतीहरू पनि राता–हरिया पहिरन तथा टन्न चुरा लगाएर तीजको व्रत बस्छन् । यसो गर्दा असल र आफूलाई धेरै माया गर्ने श्रीमान् प्राप्त हुन्छन् भन्नेमा उनीहरूको विश्वास पाइन्छ । यो महिलाका लागि रहर हो कि बाध्यकारी भन्ने प्रश्नमा सिग्देल भन्छिन्– अहिलेको जमानामा पनि कसैले बाध्य भएर कुनै काम गर्ला ? त्यो हुनै सक्दैन । तीज र यससँग जोडिएका धार्मिक कथन पनि त्यसै हचुवामा रचिएका होइनन् । यिनै कुराले हामीलाई डोर्‍याएर यहाँसम्म ल्याइपुर्‍याएका छन् र निश्चित अनुशासनमा बस्न सघाएका छन् । यसो भन्दैमा सिग्देललाई धार्मिक ग्रन्थमा लेखिएका कुरालाई शतप्रतिशत पछ्याइहाल्नुपर्छ भन्ने पनि लाग्दैन । आफ्नो शरीर र स्वास्थ्यको ख्याल गर्दै चाडपर्व मनाउनु नै उत्तम हुने सिग्देलको धारणा छ ।  

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik