• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
कस्ता चलचित्र मन पराउँछन् युवा ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लक्ष्मी भण्डारी थापा

कस्ता चलचित्र मन पराउँछन् युवा ?
वैशाख १९, २०७५

 

 

हिजोआज मल्टिप्लेक्समा चलचित्र हेर्ने पहिलो झुन्ड भनेकै युवाहरूको हो । अंग्रेजी–हिन्दी चलचित्र हुन् वा नेपाली नै, सुविधासम्पन्न मल्टिप्लेक्ससम्म पुगेर चलचित्र हेर्ने पहिलो दर्शक भनेका यिनै युवा हुन् । यिनीहरूकै रहर पूरा गर्न कतिपय अभिभावकले फ्यामिली मुभी डे नै छुट्याएका हुन्छन् । सहरका युवाहरू मल्टिप्लेक्समा पाइने सुविधा र त्यहाँ उपलब्ध रमणीय वातावरणका कारण पनि त्यसतर्फ तानिएका छन् । पछिल्लो समय नेपाली चलचित्रमै पनि युवा लक्षित कथा समेटिन थालिएकाले कतिपय युवा यस्ता चलचित्रले आफूलाई मोटिभेट गर्ने बताउँछन् । 

 

सायद, होस्टल, जेरी आदि नेपाली चलचित्रले थुप्रै यस्ता युवा दर्शकलाई हलसम्म तानेका थिए । युवा दर्शकहरूकै कारण यी चलचित्र रुचाइएका चलचित्रको क्याटागोरीमा परेर व्यवसायिक रूपमा सफल पनि भए । अहिले नेपाली चलचित्रमा दुई खालको ट्ेरन्ड छ । पहिलो सहरिया, सम्भ्रान्त अनि कस्मोपोलिटन लाइफ रिप्रेजेन्ट गर्ने कथा र लोकेसन अनि सोहीअनुसारको लाइफ स्टाइल, अर्को ठेट नेपाली भाषा–शैली तथा संस्कृतिलाई प्रतिनिधित्व गर्ने खालका कथा अनि उस्तै वेशभुषा र दृश्य । केही समययता युवा जमात पनि यस्ता फरक स्वाद दिने नेपाली चलचित्रतर्फ तानिँदै गएको पाइन्छ, यद्यपि अझै पनि धेरै युवाहरू हिन्दी–अंग्रेजी चलचित्रमै रमाउँछन् ।

 

केएमसी कलेजका रोचकसिंह थापा साइन्स फिक्सनमा आधारित अंग्रेजी चलचित्रले आफूलाई आकर्षित गर्ने बताउँछन् । थापाका अनुसार चलचित्र हेर्नु भनेको विशुद्ध मनोरञ्जन मात्र हो । ज्ञान आर्जनका लागि अन्य थुप्रै स्रोत छन् । चलचित्रले मेरो मस्तिष्कलाई तरोताजा र तन्दुरुस्त बनाउँछ । थापा भन्छन्– अर्को कुरा त्यस्ता चलचित्रले ज्ञानको स्रोतमा मन लगाइदिन्छ । थापालाई हलिउडमा बनेका हाइ–टेक चलचित्र हेर्दा नेपालमा पनि यस्तै चलचित्र बनिदिए हुन्थ्यो भन्ने लाग्छ । आफ्नो कुरालाई प्रस्ट पार्दै थापा भन्छन्– सबै जना सकारात्मक चलचित्रबाट शिक्षा लिने भन्छन् तर म नकारात्मक चलचित्र पनि हेर्नुपर्ने कारणहरू देख्छु किनभने हाम्रो समाजमा धेरै नकारात्मक कुराहरू छन् जसलाई परास्त र न्यूनीकरण गर्न यस्तै चलचित्रले सिकाउँछन् । त्यसबाहेक अंग्रेजी चलचित्रले थापाको शब्दज्ञान बढाएको छ भने उच्चारणमा समेत सुधार ल्याएको छ । 

 

सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत न्हुज: महर्जनलाई अंग्रेजी चलचित्र मनपर्छ । उनलाई मानव जीवनमा आधारित अनि मस्तिष्क खेलाउन सिकाउने चलचित्रले आकर्षित गर्छन् । चलचित्र र पुस्तक उस्तै हुन्– चलचित्रबाट पनि थुप्रै ज्ञान आर्जन गर्न सकिने बताउँदै न्हुज: भन्छन्– हामी जस्ता युवाले चलचित्रलाई गाइड (निर्देशक) का रूपमा लिनुपर्छ । मैले हेरेको चलचित्र अक्टोबर स्काइमा कसरी एउटा विद्यालय जान मन नगर्ने बालक रूसले बनाएको स्याटेलाइट रकेट राति आकाशमा चम्किएको देखेर विद्यालयमा रुचि राख्ने हुन्छ र कालान्तरमा गएर नासामा काम गर्न पुगी त्यस्तै स्याटलाइट निर्माण गर्न सफल हुन्छ भन्ने कुरा देखाइएको छ । यस्ता मोटिभेसनल कथा समेटिएका चलचित्रले हामीलाई कतिपय अवस्थामा जीवनको अर्थ र उद्देश्य सिकाइरहेका हुन्छन्, तसर्थ म चलचित्रलाई शिक्षा आर्जनकै माध्यमका रूपमा लिन्छु । न्हुज:को व्यक्तिगत जीवनमा चलचित्रले अत्यन्तै सकारात्मक छाप पारेको छ त्यसैले उनी चलचित्रलाई प्राथमिकतामा राख्छन् । 

 

लिटिल एञ्जल्सकी रेगिसा महर्जन ज्ञान दिने खालका चलचित्र हेर्ने बताउँछिन् । उनलाई नैतिक ज्ञान सिकाउने तथा हिम्मत प्रदान गर्ने खालका चलचित्रले लोभ्याउँछन् । त्यसका अतिरिक्त उनलाई कोरियन ड्रामाले जिउमा पुतली नाचेको अनुभूत गराउँछन् । चलचित्रबाट मैले थुप्रै कुरा सिकेकी छु, बोल्ने, हिँड्ने, खाने लगायत ड्ेरसिङ सेन्स, टाइमिङ म्यानर, लाइफ प्लान, कन्फिडेन्टजस्ता कुरा मैले चलचित्रबाटै सिकेकी हुँ । रेगिसा भन्छिन्– चलचित्रमा राम्रा–नराम्रा दुवै पक्ष देखाइन्छ तर राम्रा कुरालाई स्वीकार गर्दै जीवनमा लागू गर्ने प्रयास गर्नुपर्छ, म मनोरञ्जनका लागि मात्र चलचित्र हेर्दिनँ । समय, पैसा अनि मस्तिष्क लगानी भैसकेपछि त्यसबाट केही न केही सिक्नै पर्छ । 

 

बेबिलोन स्कुलका सविच रिजाल ज्ञानमूलक तथा मोरल–मोटिभेसनल चलचित्र मनपर्ने बताउँछन् । त्यसबाहेक उनलाई एड्भेन्चरस चलचित्र पनि उत्तिकै मनपर्छन् किनभने यस्ता चलचित्रले डर भगाउने र बहादुर बनाउने उनको बुझाइ छ । उनलाई आत्मविश्वास वृद्धि गर्ने खालका चलचित्रले बढी तान्छन् भने चलचित्र हेर्दा उत्तिकै भावुक भएर कतिपय अवस्थामा उनी रोइदिन्छन् । मेहनत गर्नुपर्छ भन्ने कुरा मैले चलचित्र बाटै सिकेको हुँ, सविच भन्छन्– चलचित्रका सकारात्मक कुरा र ज्ञानलाई लिने हो । चलचित्र हेरेरै मैले कडा मेहनत गर्न र अरूको दु:खमा साथ दिन सिकें । मलाई यस्ता चलचित्रले प्रेरित गर्छन् जसलाई हेरेर आत्मविश्वास बढोस् अनि त्यसले जीवनलाई अघि बढाउन प्रेरित गरोस् । 

 

कुलेश्वरका श्रृजन बस्न्यातले आफूलाई साइन्स–फिक्सन चलचित्रले बढी लोभ्याउने बताए । अंग्रेजी चलचित्रबाट आफ्नो भाषासमेत शुद्ध हुने उनको अनुभव छ । अर्कातर्फ हास्य चलचित्रले सेन्स अफ ह्युमर बढाउने उनको तर्क छ । अंग्रेजी चलचित्र स्कुल अफ रकले मेरो मन छोएको थियो ।

 

गिटार बजाउने सोख भएका श्रृजन भन्छन्– उक्त चलचित्रमा एउटा रकब्यान्ड र त्यसको म्युजिसियनको कथा छ । ब्यान्ड छोडेर हिँडेको त्यो संगीतकार आफ्नो साथीको पछि लागेर एउटा स्कुलका केटाकेटीलाई गिटार सिकाउन पुग्छ । उसले स–साना नानीहरूलाई गिटारमा पोख्त बनाउँछ ।

 

उक्त चलचित्रको क्लाइमेक्समा ती केटाकेटीले स्टेजमा आफूलाई प्रस्तुत गर्दा मेरो मन नै उद्वेलित भएको थियो । बस्न्यातका अनुसार पछिल्लो समय दयाहाङ राई, निश्चल बस्नेत अनि सुनिल रावलहरूले अभिनय तथा निर्माण गरेका नेपाली चलचित्रले पनि युवाका लागि उपयुक्त खुराक दिएका छन् । यस्ता चलचित्र जति धेरै बन्छन् त्यति नै नेपाली चलचित्रको क्रेज पनि बढ्दै जान्छ भन्ने श्रृजनको विश्वास छ ।

 

वीरगन्ज स्थायी घर भै बेबिलोनमै अध्ययनरत छात्रा मुस्कान अर्याल भन्छिन्– मलाई लभ–स्टोरी चलचित्र मन पर्छन् । म अनमोल केसीको डाइ हार्ट फ्यान हुँ । म उसका सबै चलचित्र हेर्छु । चलचित्रले मलाई रिफ्रेस बनाउँछ । मुस्कानलाई चलचित्रबाट धेरै कुरा सिकिन्छ भन्ने लाग्छ । कस्ता इभेन्टमा कस्ता लुगा कसरी लगाउने ? कोसँग कसरी वार्तालाप गर्ने, आफ्नो जीवनलाई कसरी अघि बढाउने, कस्ता समस्या कसरी समाधान गर्ने ? जस्ता थुप्रै कुरा चलचित्रले सिकाउने अर्यालको धारणा छ । नेपाली चलचित्रमा पनि ज्ञानवद्र्धक अनि यथार्थपरक र जीवनमा काम लाग्ने कुराहरू समेटिनुपर्ने मुस्कानको तर्क छ । 

 

 केही समययता युवा जमात पनि यस्ता फरक स्वाद दिने नेपाली चलचित्रतर्फ तानिँदै गएको पाइन्छ, यद्यपि अझै पनि धेरै युवाहरू हिन्दी–अंग्रेजी चलचित्रमै रमाउँछन् ।

 

 चलचित्र हेर्नु भनेको विशुद्ध मनोरञ्जन मात्र हो । ज्ञान आर्जनका लागि अन्य थुप्रै स्रोत छन् ।

 

 मोटिभेसनल कथा समेटिएका चलचित्रले युवाहरूलाई कतिपय अवस्थामा जीवनको अर्थ र उद्देश्य सिकाइरहेका हुन्छन् ।

 

 युवाहरू मनोरञ्जनका लागि मात्र चलचित्र हेर्दैनन् । समय, पैसा अनि मस्तिष्क लगानी भैसकेपछि उनीहरूले त्यसबाट केही न केही सिकेकै हुन्छन् ।

 

 युवाहरूलाई कतिपय चलचित्रले उनीहरूको लक्ष्य निर्धारण गर्न प्रेरित गर्छन् जसलाई हेरेर युवाहरूको आत्मविश्वास बढ्छ अनि त्यसले उनीहरूलाई जीवनलाई अघि बढाउन प्रेरित गर्छ ।

 

 दयाहाङ राई, निश्चल बस्नेत अनि सुनिल रावलहरूले अभिनय तथा निर्माण गरेका नेपाली चलचित्रले पनि युवाका लागि उपयुक्त खुराक दिएका छन् । यस्ता चलचित्र जति धेरै बन्छन् त्यति नै नेपाली चलचित्रको क्रेज पनि बढ्दै जान्छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik