• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
एनसेल बिक्रीको पुँजीगत लाभकर आजियटा र एनसेलबाटै असुल्नुपर्ने आदेश तपाईंलाई कस्तो लाग्यो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

एनसेल बिक्रीको पुँजीगत लाभकर आजियटा र एनसेलबाटै असुल्नुपर्ने आदेश तपाईंलाई कस्तो लाग्यो ?
फाल्गुन ४, २०७५

सर्वोच्चले त आफ्नो काम गर्‍यो तर एनसेलले जनतालाई जति ठग्नुथियो ठगिसक्यो, तिर्नुपर्ने कर सरकारलाई जान्छ । जसको अर्थ भ्रष्टाचारमार्फत जनता फेरि एकपटक ठगिनेछन् । एनसेलको सेवा सुचारु नै छैन । जनता अझै पनि ठगिने कुरामा दुईमत रहन्न । अत: यसबाट जनतालाई केही फाइदा हुँदैन, त्यसैले रमाउनुपर्ने कुरा केही छैन ।

साहित्यकार

एनसेलले बिक्री बापतको लाभकर तिर्नुपर्ने विषयमा सर्वोच्चले ढिलै भए पनि सही फैसला गरेको छ । आशा छ एनसेलले तिर्नुपर्ने रकम समयमै भुक्तानी गरेर कानुनी एवं वैधानिक दायरामा आफ्नो सेवा सञ्चालन गर्नेछ ।

कृष्णप्रसाद भुषाल 

आदेश दिएर के गर्नु, खादेश विचारका मान्छेले खाइदिने भए पछि । उठाएको र उठाउनु पर्ने सबै रकमको सदुपयोग भए राम्रो ।

संकल्प ढकाल

आदेश उत्साहजनक छ तर राजनैतिक इतिहास हेर्ने हो भने यसको कार्यान्वयन हुन्जेलसम्म प्रधानन्यायाधीश परिवर्तन भैसक्ने हुन् कि भन्ने डर अझ बढीे छ ।

धिरु सुवेदी

सुन्दा त राम्रो लागो नि तर यो नि सुन कान्ड झै हराउँछ । सबैलाई थाहा भएकै कुरा हो हाम्रो देश कहाँ कानुन अनुसार चल्छ र ? उल्टो कानुनलाई नै चलाई दिन्छन् ।

लक्ष्मण

ढिलो आयो तर दुरुस्त आयो । अब सरकारले यथाशीघ्र रकम संकलन गरेर त्यसको सदुपयोग गर्नुपर्छ । विगतमा गरेका गलत निर्णय र फैसला जसले राज्यलाई घाटा पुर्‍याएका छन् सबैको पुनरावलोकन गरेर कारबाही अघि बढाइयोस् । अर्बौं कर छली र घोटालामा लाख वा करोड धरौटी लिईं छोड्ने परिपाटी अन्त्य होस् ।

पुस्कर शर्मा

करको दायित्व कम्पनीको हो । कम्पनी जसको स्वामित्वमा छ करको जिम्मेवारी पनि उसैको हो । यो फैसला सही छ । यो फैसलाले भविष्यमा कम्पनीको खरिद बिक्री गर्दा कर छल्ने बाटो बन्द गरिदिएको छ ।

दुरलभ भवयस

सर्वोच्च अदालतले दिएको आदेश त राम्रै छ तर आदेश दिने पछि मिनाहा गर्ने जस्तो गरे जनताको विश्वास सर्वोच्च अदालतबाट पनि हट्नेछ । आशा छ अब चाहिँ अदालत यो फैसलाबाट पछि हट्ने छैन ।

जिएन ढकाल

एकदम सही निर्णय हो यो, तर यतिका वर्षसम्म कर नतिर्न कसले संरक्षण गरेको थियो र कुन–कुन पार्टीका कुन–कुन नेता एवं मन्त्रीले कति–कति खाए, त्यसको पनि खोजतलास गर्ने कि ?

रोशन

स–साना व्यवसायीले हरेक कदममा कर बुझाउँदा जनताबाट लाखौं उठाउने यस्ता कम्पनीले पनि कर तिर्नुपर्छ । सबै साना–ठूला व्यवसाय तथा कम्पनीहरूलाई करको दायरामा ल्याउनु सरकार को दायित्व हो ।

बुद्धि नारायण

 प्रयोगकर्तामा विभिन्न अफरहरूको भ्रम फैलाउने अनि रिचार्ज गर्‍यो कि सबै पैसा झ्वाम पारिदिने यति बाठो कम्पनीलाई सरकारले पनि बेला–बेलामा टयाकस बुझाउनुपर्छ भन्ने कुरा थाहा थिएन ? कि यो नेपाल हो यहाँ जे गर्दा पनि छुट पाइन्छ भन्ने मनोशाय हो ?अदालतको फैसला जायज छ । 

तेजेन

बिहान बेलुका हात–मुख जोड्न सानो व्यवसाय गर्नेहरू लाभकर तिर्न बाध्य छन् भने अर्बौं रुपैयाँ आम्दानी गर्ने विदेशी कम्पनीहरूले चाहिँ किन कर नतिर्ने ? उक्त रकम असुल गरी देश विकासमा लगानी गरियोस् ।

मनिष श्रेष्ठ

एउटा बैंकमा काम गर्ने कर्मचारीको २–३ रुपैयाँ ट्याक्स मिलेन भने ५ वर्ष पछि भए पनि ब्याज र जरिवानासहित असुल गरिन्छ । यहाँ अर्बौं रकम कुम्ल्याएर बसेकाहरूले ट्याक्स तिर्नु नपर्ने ? एकदम राम्रो गर्‍यो सर्वोच्च अदालतले, तर फेरि अर्कोपटक अर्का न्यायाधीशले यसलाई उल्ट्याइदिउन् ! 

सि खनाल

गाउँ–गाउँमा गरिबको घरमा पालिएका कुकुर–बिरालादेखि बेच्न लागेको गुन्द्रुकसम्ममा चै कर उठाउन मिल्ने, यो एनसेलबाट चाहिँ कर नलिने ? यस्तो पनि हुन्छ । 

मिङमा शेर्पा 

पैसा गन्ने कर्मचारी चहिए कृपया मलाई सम्झनुहोस् । एक–एक पैसाको हिसाब दिन्छु । पैसा गन्ने मौका चाहिँ मैले पाउनुपर्छ ।

बुद्ध

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik