• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
साउनमा दार्‍ही–कपाल नकाट्ने चलन कस्तो लाग्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

साउनमा दार्‍ही–कपाल नकाट्ने चलन कस्तो लाग्छ ?
श्रावण २८, २०७६

साउनको महिनामा कृषिप्रधान मुलुकका मानिसले कृषिकार्यमा बढी समय दिनुपर्ने हुँदा दार्‍ही–कपाल नकाट्नु ठीकै हो तर सहरिया र काम नभएकाहरूले पनि नकाट्नु बिरालो बाँधेर श्राद्ध गरेजस्तै हो । 

नरिश्वर गौतम

यो चलन होइन, आ–आफ्नो इच्छाको कुरा हो । यसमा यो साउन महिना, त्यो चैत महिना भन्ने हुँदैन । आफ्नो इच्छाले राख्ने र फाल्ने हो । अरूले के भन्लान् भन्नेतिर ध्यान दिनु हुँदैन, किनभने दार्‍ही–कपाल आफ्ना निजी सम्पत्ति हुन् ।

ब्रहिम विष्ट

यो चलन कसरी चल्न गयो ? किन यो महिना दार्‍ही–कपाल काट्न हुँदैन भनियो ? भन्ने कुराको धार्मिक एवं वैज्ञानिक कारण नजानी–नबुझी यो प्रश्नको उत्तर दिन कठिन छ । काट्न हुँदैन भन्ने सुनेको हुँ, तर किन हुँदैन ? त्योचाहिँ थाहा भएन । 

यम बी महेश

पहिले–पहिले खेती किसानीमा ध्यानाकर्षण गराउनुपर्ने भएकाले विशेषतः फुर्सद हुँदैनथ्यो, त्यसैले गर्दा यो चलन चलेको हुनसक्छ तर अहिले यो रहर बन्न पुगेजस्तो देखिन्छ । 

पदम श्रेष्ठ

साउन महिनामा भगवान् शिवलाई खुसी पार्न कपाल, दार्‍ही, नङ आदि नकाट्ने चलन चलाउन खोजिएको हुनुपर्छ । भगवान शिवको प्यारो महिना साउन भएकाले भक्तहरूले शिवप्रति आस्था जगाउन त्यसो गर्न चाहेको हुनसक्छ । 

बोदनाथ पौडेल

मलाई त फिटिक्कै मन परेन । दार्‍ही–कपाल काट्नु पनि शारीरिक सरसफाइभित्रै पर्ने भएकाले यस्तो चलन बन्द गर्नुपर्छ । 

रमन श्रेष्ठ

साउनदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ अनि खर्च कटौती गर्न माछामासु नखाने, सोमवार व्रत बस्ने अनि दार्‍ही–कपाल नकाट्ने चलन चलाइएको हुनुपर्छ ।

विजय तिमिल्सिना

सायद साउन महिनामा खेतीपातीको व्यस्तता हुने भएकाले काट्न मिल्दैन भनेर धार्मिक कुरा जोडिएको हुनसक्छ । अहिले आएर यो परम्परा बन्यो । 

प्रेम बुढाथोकी

साउन महिनामा केटीहरू राम्री देखिन मेहन्दी र चुरा लाउँछन् अनि केटाहरू हिरो बन्न कपाल र दार्‍ही पाल्छन् । मलाई चाहिँ यो चलन खासै केही लाग्दैन । 

किसान लम्साल

त्यस्तो केही लाग्दैन, काम नभएर घरमै बस्नेहरूका लागि हो यो साउन महिनामा कपाल र दार्‍ही नकाट्ने चलन । स्कुल, कलेज, अफिस र अन्य काममा जानेहरूले त काट्नैपर्‍यो क्यारे ! 

हरि थापा

राम्रो र सुन्दर देखिनुपर्छ भनेर कम्पनीको हाकिमले फाल्न लगाउनुहुन्छ । दार्‍ही–कपाल नकाट्ने हो भने त आफ्नो जागिर नै धरापमा पर्छ ।

गोपाल अर्याल

यो चलन सैलुनवालाहरूलाई घाटा गराउने चाला हो । 

ओशन दाहाल

चलेको चलनजस्तै लाग्छ । मैले पनि काट्न छोडेको नौ वर्ष भयो । म त सारै शान्त महसुस गर्छु ।

दिनेश श्रेष्ठ

यो पुरानो प्रचलन मलाई त ठीक लाग्दैन । दिनदिनै दार्‍ही र १५–१५ दिनमा कपाल नकाटे ड्युटी नै गर्न पाइँदैन, समस्या छ हजुर । 

वसन्त सापकोटा

यो सबै पैसा बचाउने मेलो हो । मलाई त ठीक लाग्छ यो चलन । सैलुनवालाहरूले चाहिँ यो परम्परा ठीक होइन भन्लान् । 

गोविन्द धिमाल 

यो पुरानो चलन हो । काट्नेहरूले आफ्नो आवश्यकताअनुसार काटिरहेका हुन्छन् । 

केपी शिवाकोटी

पहिले–पहिले कपाल र दार्‍ही काट्ने सैलुन पनि हुँदैनथ्यो अनि पैसा पनि हुदैनथ्यो त्यसैले बाठा मानिसहरूले साउनमा कपाल र दार्‍ही काट्न हुँदैन भन्ने चलन चलाए । 

कृष्ण मैनाली

शिव भगवान्प्रति आस्था हुनेहरूले काट्दैनन् । ठीकै लाग्छ मलाई यो चलन । 

पारस भण्डारी

साउन महिनामा दार्‍ही–कपाल काट्दैनन् भन्ने कुरा मैले त यही साप्ताहिकबाट थाहा पाएँ । अब मैले के भन्नु ? 

किशोर पुन

खै मलाई त त्यस्तो केही पनि थाहा छैन । बजारका सैलुनहरूमा गएर सोधे थाहा होला कि ? 

जय नेम्वाङ

साउनमा दार्‍ही–कपाल काट्नु हुँदैन भन्ने मान्यता भए पनि हिजोआज त सबैले काटेकै देख्छु । 

सागर गुरुङ 

१५/२० वर्षपहिले साउन महिनामा धेरै काम हुनथ्यो र काटिँदैनथ्यो । अहिले पैसो नै हुँदैन कसरी काट्नु ? 

भीम राना

यो चलन राम्रो होइन । यसले सैलुन खोलेर गुजारा चलाउनेहरूलाई घाटा लाग्छ । त्यसैले यो चलन बन्द गर्नुपर्छ । 

डिल्लीराज पाण्डे

ठीकै लाग्छ, यसले त्यस्तो खासै केही फरक पार्दैन । 

मैबु मियाँ

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik