• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
तीजमा तपाईंको नाममा कसैले  व्रत बस्दा कस्तो लाग्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तीजमा तपाईंको नाममा कसैले  व्रत बस्दा कस्तो लाग्छ ?
भाद्र १४, २०७६

मलाई आफू कलियुगको साक्षात् महादेव र व्रत बस्ने नारीचाहिँ पार्वतीझैं लाग्छ । 

नरीश्वर गौतम

अरु जिम जाने सिक्स प्याक भने आफ्नो निस्किएजस्तो, अरूले काम गरेको पारिश्रमिक मलाई आएजस्तो अनि अरूलाई नै सोधेको प्रश्नको जवाफ मैले दिएजस्तो । 

विनोद सुवेदी

व्रत बस्दा लगभग दुई किलो स्याउ, दुई दर्जन केरा, पाँच गिलास दूध, पाँच गिलास चिया, चार गिलास लस्सी खान्छन् । अनि व्रत बस्दा पैसो मागेर झन् आयु घटाइरहेका हुन्छन् । कस्तो लाग्नु ? बरु भात नै खाइदिए हुन्थ्यो जस्तो लाग्छ ।

मिराज दाहाल

मेरो व्यक्तिगत भन्दा पनि आफ्नो स्वास्थ्यका लागि व्रत बस्नु राम्रो हो, त्योसँगै आफ्नो संस्कृति र परम्परा जोगाउनु अझ आवश्यक कुरा हो । 

राजन अधिकारी

कसैले मेरा लागि व्रत बसेको थाहा पाएँ भने मेरो नाममा व्रत नबस्नू भनेर सम्झाउँछु । मलाई अरुलाई दुख दिन मन लाग्दैन । यदि बसिहाले आशीर्वाद दिउँला ।

बोधनाथ पौडेल

मलाई त जिन्दगीदेखि विरक्त लागेर छिट्टै मर्ने मन हुँदा पनि मर्न नदिएजस्तो लाग्छ । 

मैबु मियाँ

त्यस्तो त केही लाग्दैन, बरु काउकुती लागेजस्तो चाहिँ हुन्छ । 

युगेश

सर्वप्रथम त भो पर्दैन व्रत बस्न भनेर सम्झाउँछु, जसो गर्दा पनि पटक्कै नमाने म पनि उनका लागि व्रत बसिदिन्छु ।

रामचन्द्र गुइँदेल

धर्म–संस्कृति जोगाउनु राम्रो कुरा हो । मेरो भविष्यको हुने वालीलाई मेरो नाममा व्रत बसेर मेहन्दी लगाएर मलाई कमजोर नबनाऊ, सक्छ्यौ भने मेरो नामको टाटु हान भन्छु । 

मनीष कोइराला

मेरो नाममा व्रत बस्नुभन्दा पनि व्रत बस्दा व्रत बस्ने मान्छेकै शरीरलाई राम्रो हुन्छ । अर्को कुरा, संस्कृतिको पनि संरक्षण हुन्छ । यद्यपि कसैले तपाईंको नाममा म व्रत बसेको छु भन्दा ढाँटेको हो कि जस्तो लाग्छ ।

भरत खरेल/शिव भण्डारी

मेरो नाममै कसैले व्रत बस्छ भने मेरा लागि पनि कोही रहेछ है जस्तो होला ।

पुरन भट्टराई 

अहिलेसम्म त मेरा लागि कोही व्रत बसेको थाहा छैन । थाहै नदिई बसेछन् भने ठीकै छ । 

राकेश राई

मेरा लागि पनि यो धर्तीमा कोही छ जस्तो होला ।

जीवन अधिकारी

मलाई रमाइलो लाग्नेछ अनि म आफैलाई भाग्यमानी मान्नेछु । खुसीमा व्रत बस्नेलाई चुम्मा खाइदिऊँ जस्तो पनि लाग्ला । 

रूपचन विष्ट

बाँचुन्जेल वायु र आयुको समस्या त हुन्छ नै तर पनि कसैले आफ्नो नाममा व्रत बसेर आयु बढ्छ भन्नु भ्रम मात्र हो । 

सन्तोष

मलाई आश्चर्य लाग्नेछ, ताज्जुब हुनेछ, म तीनछक पर्नेछु ।

सविन दाहाल

यदि कसैले कसैको नाममा व्रत बस्छ भने त्यो आयु बढ्ने नभएर एक–अर्काप्रतिको आदर र सम्मान हो । यसले गर्दा कुनै पनि सम्बन्ध अझ प्रगाढ र बलियो हुन पुग्छ । मलाई पनि यस्तै लाग्छ । अर्को कुरा श्रीमान्ले श्रीमतीका लागि अनि श्रीमतीले श्रीमान्का लागि व्रत बस्छन् भने त्यो अझ राम्रो कुरा हुन्छ ।

हरि थापा

मलाई खुसी लाग्छ तर आफूलाई कमजोर बनाएर व्रत बसेको राम्रो होइन । व्रत नबसी पतिको लामो आयुको कामना गर्न सकिन्छ । सिधा–सिधा भन्नुपर्दा यो कुरीति मात्र हो ।

सुमन तिवारी

आफ्नै नाममा कसैले व्रत बस्दा मलाई त रिंगटा नै लाग्छ होला । 

कैलाश गिरी

तिमीले व्रत बसे पनि नबसे पनि पाउने मलाई नै हो । भोकै बसेर ग्यास्ट्रिक चाहिँ नजन्माऊ भन्न मन लाग्छ । 

दशरथ चन्द

मेरा लागि व्रत बस्नु पर्दैन भन्छु म त ।

भोजेन्द्र थापा

मलाई त केही लाग्दैन तर व्रत बस्ने व्यक्तिलाई चाहिँ भोक लाग्छ होला । 

रमेश क्षेत्री

आफ्ना लागि भनेर त्यस्तो व्रत नै बस्ने कोही भेटे मलाई त अनौठो लाग्थ्यो । 

सुजन पौडेल

अहिलेसम्म मेरा लागि व्रत बस्ने मान्छे फेला पारेको छैन, त्यसैले त्यस्तो कुनै खासै अनुभव छैन । 

आशिष भट्टराई

मानिसहरूका अगाडि तपाईंका लागि व्रत बसेकी छु भने पनि लुकीलुकी चाउमिन र मःम खान्छन् जस्तो लाग्छ । 

चिरन अधिकारी

 

व्रत त बस्थिन होला तर उनी अहिले आफैं बिरामी छिन् । त्यसैले मलाई शीघ्र स्वास्थ्य लाभको कामनाबाहेक अरू केही भन्नु छैन ।

डेभिड बुढाथोकी

तीजमा भन्दा पनि बेलाबेलामा मिलाएर आफ्नै लागि आफै व्रत बस्नु राम्रो हो कि ?

अक्कल रिमाल

त्यसरी कसैले व्रत बसे म त खुसीले पागल नै हुन्थें होला ।

महेन्द्र क्षेत्री

आफ्नै लागि कसैले व्रत बसेको थाहा पाउँदा चियामा चिया मसला हाली उमालेजस्तो लाग्छ । 

भीम लम्साल

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik