• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
नेपाली सिनेमाका निडर महिला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सम्पदा मल्ल

नेपाली सिनेमाका निडर महिला
जेष्ठ ४, २०७७

२०२१ सालमा तत्कालीन राजा महेन्द्रले नेपालमै पहिलो नेपाली कथानक चलचित्र निर्माण गर्ने निर्णय लिए । चलचित्रको नाम राखियो, आमा । निर्देशनको जिम्मा दिइयो, हिरासिंह खत्रीलाई । कलाकार छनोटका लागि गोरखापत्रमा सूचना प्रकाशित गरियो । सूचना पढेपछि तत्कालीन समयमा नाट्य क्षेत्रमा रमाइरहेकी कलाकार भुवन चन्दले अडिसन दिइन् । उनी छनोट भइन् । र, उनी नै बनिन्, नेपाली चलचित्रकी पहिलो अभिनेत्री ।


त्यतिबेला महिलालाई कला क्षेत्रमा प्रवेश गर्न सजिलो थिएन । नाटकमा अभिनय गर्नेलाई ‘नौटंकी’ भनिन्थ्यो । अभिनय गर्ने महिलालाई हेयका दृष्टिले हेरिन्थ्यो । महिला कलाकारको अभावका कारण पुरुषले नै महिलाको भेषमा अभिनय गर्थे । अनेक चुनौतीबीच चन्दले नेपाली चलचित्रमा अभिनय गर्ने हिम्मत गर्नु चानचुने कुरा थिएन ।

अहिले अनेक आरोह–अवरोहबीच नेपाली सिनेमा उद्योगले करिब ५ दशक पार गरिसकेको छ । यो अवधिमा पर्दाभित्र र बाहिर निकै प्रतिभाशाली एवं निडर थुप्रै महिलाले सिने उद्योगमा प्रवेश गरिसकेका छन् । उनीहरूले आफ्नो कला एवं क्षमता प्रस्तुत गरिसकेका छन् । समग्रमा अहिले नेपाली चलचित्र क्षेत्रमा महिलाको उपस्थिति र प्रस्तुति गर्वलायक छ ।


अहिले हामी विश्वका सिनेमासँग तुलना गरेर नेपाली सिनेमाबारे निराशायुक्त कुरा गछौं । विश्व बजारका सिनेमासँग दाँज्दा नेपाली सिनेमा कमजोर लाग्छन् । यो सत्यले हामीलाई पीडा दिन्छ, हिनताबोध हुन्छ । नेपाली सिनेमाको विकासक्रम र यसका कठिनाइलाई नबुझी कलाकार तथा सर्जकको आलोचना गर्छौं । उनीहरूको हौसला बढाउन बिर्सन्छौं । नेपाली सिनेमामा गर्व गर्न लायक थुप्रै पक्ष छन् । त्योमध्येको एक हो, सिने क्षेत्रमा महिलाको उपस्थिति र प्रस्तुति ।

पछिल्लो समय नेपाली सिने क्षेत्रमा सशक्त भूमिका निर्वाह गरिरहेका थुप्रै ‘बोल्ड एन्ड ब्युटिफुल’ महिला कलाकारमध्येकी एक हुन्, केकी अधिकारी । नायिकाकै रूपमा रहेर ‘सेफ जोन’मा बस्न सक्ने उनले चलचित्र निर्माण गर्ने चुनौती मोलिन् । त्यस्तै उनले केही समयअघि सम्पन्न नेपाली कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्माताका रूपमा आफूलाई प्रस्तुत गरिन् । ‘निर्माताका रूपमा काम गर्दा सबैबाट हौसला पाएँ’ क्रमश: आफ्नो आकाशलाई फराकिलो बनाउँदै गएकी केकी भन्छिन्, ‘पछिल्लो समय सिनेमा क्षेत्रमा महिलाको उपस्थिति र सक्रियता पर्याप्त नभए पनि उत्साहजनक छ, यो खुसीको कुरा हो ।’


केकीसँगै नायिका नम्रता श्रेष्ठ, ऋचा शर्मालगायत महिला कलाकारले सिनेमा निर्माण गर्ने आँट गरिरहेका छन् । त्यस्तै नेपाली चलचित्र निर्माणमा शर्मिला पाण्डेले पुर्‍याएको योगदान उल्लेखनीय छ । उनी कहिले पुरुष निर्माता आँट नगरेको हरर फिल्म निर्माण गर्छिन् त आमआमाको भावना प्रतिनिधित्व हुने चलचित्र निर्माण गर्छिन् । ‘म नाफा कमाउनभन्दा पनि नयाँ स्वादको चलचित्र निर्माण गर्न रुचाउँछु’, उनी भन्छिन्, ‘आफूलाई कथाले छोएपछि चुनौती मोल्न डर लाग्दैन ।’

त्यस्तै हाईवै, सेतो सूर्यजस्ता अन्तर्राष्ट्रिय बजारमा तहल्का मच्चाउन सफल अर्की महिला निर्माता हुन्, आशा मगराती । प्रतिभाशाली मगरातीले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेकी छिन् । ‘दीपक रौनियार र मैले सिनेमामा सँगै काम गर्न थालेको कम्तीमा १२ वर्ष भयो,’ उनी भन्छिन्, ‘हामी आफ्नै कम्पनीबाट फिल्म बनाउँछौं । उनी निर्देशन गर्छन् । म अभिनय गर्छु । दुवै मिलेर फिल्म निर्माण गर्छांै ।’ सिने क्षेत्रकै कतिपयले पनि उनलाई श्रीमान्सँग जोडेर मात्रै हेर्छन् । जुन उनलाई मन पर्दैन । ‘अझै पनि चलचित्र बोर्डमा जाँदा श्रीमान्को मन्जुरी खोज्छन्,’ उनी भन्छिन्, ‘अझै पनि फिल्म सेटमा मलाई निर्देशककी श्रीमतीकै नजरबाट मात्रै हेर्छन् ।


चलचित्र ‘हाइवे’को सुटिङमा उनलाई प्रडक्सन म्यानेजरले ‘निर्देशकको श्रीमतीले बीचमा बोल्नु भएन’ भने । जुन कुरा उनलाई नमिठो लाग्यो । उनले दुखेसो पोखिन्, ‘नेपाली समाज अझै पनि महिलालाई पत्याउँदैन । हामीले पनि निर्णय गर्न सक्छांै । सिर्जना गर्न सक्छौ भन्ने कुरामा विश्वास गर्दैन । यो समस्या हाम्रो समाजका पुरुषहरूमा मात्रै होइन, महिलामा पनि छ ।’

२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’ निर्देशन गरेर सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला निर्देशक बनिन् । ‘मैले सिनेमा निर्देशन गर्दा आफैंलाई पनि थाहा थिएन कि म पहिलो महिला निर्देशक हुँ भनेर । पछि मिडियाले भनेपछि थाहा पाएँ’ चलचित्र निर्देशक समाजकी पूर्वअध्यक्ष सुचित्राले भनिन्, ‘महिला सिनेकर्मीको ठूलो चुनौती भनेको घर र कामलाई ब्यालेन्स गर्नु हो । अझै पनि लगानीकर्ताहरूले महिला निर्देशकलाई विश्वास गर्दैनन् ।’


आजकाल धेरै नेपाली निर्देशकले खोज्ने आर्ट डिरेक्टर हुन्, मेनुका राई । ‘कालोपोथी’, ‘सेतो सूर्य’, ‘लुट–२’ आदि सिनेमामा उनले आफ्नो कौशल देखाइसकेकी छिन् । ‘कतिपय फिल्म सेटमा महिला कलाकारबाहेक टेक्निसियनमा म मात्र महिला हुन्छु’ मेनुका भन्छिन्, ‘घर र कामको समय व्यवस्थापन गर्न कठिन हुँदा महिलालाई सिने क्षेत्रमा जम्न गाह्रो छ ।’ कठिनाइका बीच पनि आफ्नो कर्मप्रति उनी सन्तुष्ट छिन् ।

अहिलेसम्म एकजना मात्रै महिला निर्देशकले विश्वको सबैभन्दा ठूलो सिनेमासम्बन्धी पुरस्कार ओस्कारको पदक हात पारेको इतिहास छ । यसले नेपालमा मात्रै होइन, विश्वमै महिला सिनेकर्मी संघर्ष गरिरहेको प्रष्ट हुन्छ । अनेक अफ्ठेराका बाबजुद नेपाली सिने क्षेत्रमा महिलाको उपस्थिति दर्बिलो छ । दीपाश्री निरौला, झरना थापा, प्रियङ्का कार्कीलगायतले निर्देशक/निर्माता रूपमा निर्वाह गरेको भूमिका सराहनीय छ । यसले नेपाली सिने उद्योगमा महिलाको भविष्य उज्ज्वल भएको संकेत गर्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik