काभ्रे जिल्लामा पहिलो पटक सञ्चालित लिटिल मास्टर तथा लिटिल प्रिन्सेसको उपाधि क्रमश: सुदर्शन तिमल्सिना र पूर्णिका त्वानाबासुले जितेका छन् ।
बेलर इन्टरनेसनल एकेडेमीले आयोजना गरेको यो प्रतियोगितामा लिटिल मास्टरतर्फ आर्यश्री बञ्जारा फस्ट रनर्सअप र सबिन अधिकारी सेकेन्ड रनर्सअप भए । लिटिल प्रिन्सेसतर्फ शीतल रिजाल फस्ट रनर्सअप र क्रिस्टिना घिमिरे सेकेन्ड रनर्सअप भइन् । दुवैतर्फको बेस्ट फ्रेन्डसिपमा प्रिन्स केसी र दिया श्रेष्ठ, बेस्ट डिसिप्लिनमा दीपिका पौडेल र आर्य दाहाल, बेस्ट क्याट वाकमा एन्जिला सुवाल र रोज रानामगर र बेस्ट कन्फिडेन्टमा कृतिका तिमल्सिना र जितेन श्रेष्ठले उपाधि हात पारे ।
व्यक्तित्व विकासका लागि ९ देखि १३ वर्ष उमेर समूहका विद्यार्थीहरूबीच यो प्रतियोगिता सञ्चालन गरिएको वेलर इन्टरनेसनल एकेडेमीका प्रबन्ध निर्देशक पवनकुमार थापाले जानकारी दिए ।