चैत्र २, २०७२
२० जना प्रतिस्पर्धीलाई पराजित गर्दै दीपराज केसी हेटौंडा आइडल बन्न सफल भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको औद्योगिक व्यापार मेलामा हेटौंडा आइडलको आयोजना गरिएको थियो । हेटौंडा आइडलमा ध्रुव पण्डित द्वितीय तथा दिपेश श्रेष्ठ तृतीय भए ।
प्रथम हुन सफल केसीलाई एउटा नेपाली चलचित्रमा गीत गाउने अवसरसमेत प्रदान गरिने आयोजकहरूले जनाएका छन् । हेटौंडा आइडल टिकट भोटिङ र निर्णायकको मूल्यांकनको आधारमा छनौंट गरिएको हो । हेटौंडा आइडलको निर्णायकमा गायक एवं संगीतकार शिखर सन्तोष, सुनिता बिर्लाकोटी तथा ईश्वर खड्का थिए ।