श्रावण ३०, २०७३
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले मिसेस तीज नेपाल प्रतियोगिता गर्ने भएको छ । यो प्रतियोगिता विवाहित महिलाहरूमा केन्द्रित हुनेछ । यो पोखरामा हुन लागेको आठौं मिसेस तीज प्रतियोगिता हो । यसको फाइनल भदौ ४ गते पोखराको सभागृहमा हुने युनियनकी महासचिव सुमन गुरुङले जानकारी दिएकी छिन् ।
मिसेस तीज पोखरामा २५ जनाको सहभागिता हुने अपेक्षा गरिएको छ । यो प्रतियोगिताको प्रशिक्षणका क्रममा बोल्ने कला, महिलाहरूको हक अधिकारसम्बन्धी जानकारी, चुनौतीहरूको सामना एवं आत्मबल वृद्धि, प्रतिभा प्रस्फुटन आदि जानकारी प्रदान गरिनेछ ।