आश्विन १०, २०७३
दुई दर्जन प्रतिस्पर्धीलँई पछि पार्दै नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा कार्यरत नर्स अस्मिता गौतमले मिस ट्यालेन्टको उपाधिसहित मिस नर्स वीरगन्ज–२०१६ को उपाधि जितेकी छिन् । वीरगन्ज टेलिभिजनले आयोजना गरेको उक्त उपाधि जितेपछि अस्मिताले भनिन्– ‘मेरा लागि अनपेक्षित परिणाम आयो, निकै मेहनत गरेकी थिएँ ।’ २१ वर्षीया अस्मिता अस्पतालको एनआइसियु कक्षमा कार्यरत छिन् ।
उक्त प्रतियोगितामा फस्ट रनर्सअप २३ वर्षीया स्वाति बस्नेत तथासेकेन्ड रनर्सअप २१ वर्षीया सृजना घिमिरे भइन् ।