• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
खुल्यो डिभी लटरी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

खुल्यो डिभी लटरी
आश्विन २४, २०७४

सन् २०१९ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन असोज १७ गते मंगलबारदेखि खुलेको छ । नेपाली समयअनुसार मंगलबार राति ९:४५ बजेदेखि आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिट्ठा कात्तिक २१ गते राति १०:४५ बजे बन्द हुनेछ । डिभी चिट्ठा भर्न कुनै पनि शुल्क तिर्नु पर्दैन । 

अमेरिकी दूतावासले डिभी चिट्ठा भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । डिभी चिट्ठा नि:शुल्क भएकाले कुनै पनि शुल्क नतिर्नसमेत दूतावासले आग्रह गरेको छ । अमेरिकी दूतावासले डिभी भर्न सहयोग चाहिए परिवारका सदस्य, साथी वा अन्य विश्वासिला व्यक्तिको सहयोग लिन भनेको छ । सहयोग जसले गरे पनि आफ्नो आवेदनका लागि व्यक्ति स्वयं जिम्मेवार हुने दूतावासको भनाइ छ । 

अनलाइन डिभी फारम 

सन् २०१९ को डिभी चिट्ठाका लागि आवेदकहरूले फारम भर्न पाइने मितिभित्र www.dvlottery.state.gov मा गै डिभी चिट्ठाको आवेदन फारम भर्नुपर्नेछ । फारम भर्दा आफ्ना श्रीमान्–श्रीमती तथा फारम भर्ने मिति कात्तिक २१ गते राति १०:४५ बजेसम्म २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण अनिवार्य भर्नुपर्नेछ ।

श्रीमान्–श्रीमती तथा सन्तानको विवरण नभरी पेस गरिएको आवेदन मान्य हुनेछैन । कुनै पनि व्यक्तिले एउटा मात्र आवेदन फारम बुझाउनुपर्नेछ । एकभन्दा बढी आवेदन फारम बुझाउने आवेदक चिट्ठाका लागि अयोग्य ठहरिनेछन् । अघिल्लो वर्षको डिभी भर्दा प्रयोग गरिएको तस्बिर यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्नेछ । पेस गरिएको फोटो आवेदनमा समावेश भएको व्यक्तिसँग मेल खाने हुनुपर्छ । चस्मा लगाएर खिचिएको तस्बिर स्वीकार्य हुनेछैन । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्न बिर्सनु हुँदैन । किनभने पछि डिभी परे–नपरेको हेर्ने यही कन्फर्मेसन नम्बरबाट हो । आफूलाई डिभी चिट्ठा पर्‍यो कि परेन भन्ने कुरा आगामी २०७५ साल वैशाख १८ गते मंगलबार (मे १, २०१८) का दिन थाहा हुनेछ अर्थात् २०७५ को वैशाख १८ गतेका दिनदेखि www.dvlottery.state.gov मा गै आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिनेछ ।

यसरी डिभी चिट्ठाको आवेदन फारम भर्न र नतिजा हेर्न कुनै रकम तिर्नु पर्दैन, केवल माथि भनिएका विधि प्रयोग गरे पुग्छ । डिभीसम्बन्धी अन्य जानकारीका लागि काठमाडौंस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा लगइन गर्न सकिन्छ ।

एजेन्सीहरू सक्रिय

बिना लगानी राम्रै रकम कमाइने भन्दै डिभीभरिदिने नाउँमा थुप्रै एजेन्सी सक्रिय भएका छन् । उनीहरू सहरबजारका विभिन्न पसल, कन्सल्टेन्सी, फोटो स्टुडियोलगायतका विभिन्न ठाउँमा डिभी भर्दै रकम उठाउन सक्रिय छन् । डिभीमार्फत वैधानिक रूपमा अमेरिका जाने सपना साकार हुने भएपछि कतिपय नेपाली डिभी पर्ने आशामा नि:शुल्क भर्न पाइने फारम भर्न पनि रकम तिर्न पछि पर्दैनन् । 

बजारमा विभिन्न ठाउँमा माइकिङसहित विभिन्न प्रचार सामग्रीको माध्यमबाट डिभी भर्न आफ्नो संस्थामा आउन आग्रह गर्नेहरू छ्यापछ्याप्ती देखिन्छन् । यस्ता व्यक्ति तथा संस्थाले विभिन्न बहानामा आफुखुसी रकम लिने गरेका छन् । नि:शुल्क भर्न पाइने डिभी भरेरै मनग्य आम्दानी गरिरहेकाहरूको धन्दा बन्द गराउन उचित पहल भएको देखिँदैन । कतिपय संस्था त डिभी भर्नकै लागि खुल्ने गरेका छन् । उनीहरूले डिभी भर्ने युवाहरूलाई मात्र नभएर राज्यलाई नै झुक्याएका छन् । अधिकांशले यसरी अवैध तरिकाले गरेको आम्दानीको करसमेत तिर्दैनन् । उनीहरूले व्यक्ति हेरेर मनपरी रकम असुल्ने आरोपसमेत छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik