साप्ताहिक संवाददाता
जेष्ठ १०, २०७५
गायिका जानकी तारमी मगर आमा बन्ने भएकी छिन् । ढाड दुखेर मार्यो, मेयरनीको पोई, साइकल किन्न जाम, पानी पुरी, कार किनेर ल्याउ जस्ता लोकप्रिय गीतकी यी गायिकाले जेठको अन्त्यसम्ममा आमा बनिसक्ने बताएकी छिन् ।
जानकीले पहिलो सन्तानका रूपमा छोरी जन्माउन चाहेको समेत उल्लेख गरेकी छिन् । गर्भवती भएको ६ महिनासम्म सांगीतिक कार्यक्रममा सक्रिय जानकी पछिल्लो समय भने स्टुडियोमा गीत रेकर्डिङका लागि मात्र उपलब्ध हुन्छिन् । जानकीले दुई वर्षअघि व्यवसायी तथा समाजसेवी भगवान थापासंग विवाह गरेकी थिइन् ।