साप्ताहिक संवाददाता
केहि समय अघि म्युजिक भिडियो निर्देशक शंकर बिसीले चलचित्र निर्देशन गर्ने खबर सार्वजनिक भएको थियो । तर, उनले कस्तो चलचित्र निर्देशन गर्न लागेका हुन् त्यो भने खुलाईएको थिएन् । आफ्नै पटकथामा बिसीले कमेडी चलचित्र बनाउँन लागेको खबर सार्वजनिक भएको छ ।
यो चलचित्रका लागि शिर्ष भूमिकामा हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई प्रस्ताव गरिएको छ । निर्देशक वीसीले भने–‘चलचित्रको लागि उहाँसँग कुरा गरेको हो तर, कागजी संझौता भने भैसकेको छैन ।’ वीसीका अनुसार घिमिरेले पटकथा रूचाएका छन् ।
शंकरले आफूले २४ वर्ष म्युजिक भिडियोमा काम गरेको अनुभवले पनि चलचित्र निर्देशन गर्ने आट गरेको बताए । उनले भने–‘२४ वर्ष भन्दा लामो समय म्यूजिक भिडियोमा बिताएको छु । अब त आफूलाई पनि स्तरोन्नती पनि त गर्नु पर्यो नि हैन ।’ वीसीले चलचित्रको नाम भने खुलाउन चाहेनन् । ‘कलाकारहरु फाइनल भएपछि कार्यक्रम नै गरेर चलचित्रको नाम सार्वजनिक गर्नेछौं’, विसीले भने ।