साप्ताहिक संवाददाता
वैशाख १, २०७६
पोखरामा वैशाख १ गते आइतबार राष्ट्रिय झन्डा दिवस मनाइँदैछ । उक्त अवसरमा पोखरा बृहत् सफाई अभियान एवं नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पक्रकार संजाल गण्डकी तथा वागेश्वरी असल शासन क्लब (बास) को सयुत्त आयोजनामा र्यालीसहितको कार्यक्रम हुनेछ ।
उक्त दिन पोखराको मानवअधिकार चोक चिप्लेढुंगादेखि न्युरोड हुँदै सभागृहचोकसम्म राष्ट्रिय पोसाकसहितको राष्ट्रिय झन्डा र्याली निकालिने बताइएको छ ।