• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
युट्युबरका कारण डराइन् सन्नी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

युट्युबरका कारण डराइन् सन्नी
भाद्र २७, २०७६
काठमाडौं

शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र पासवर्डको अघिल्लो दिन बिहीबार नै काठमाडौंमा भव्य प्रिमियर शोको आयोजना गरियो ।

पासवर्डको प्रिमियर शोलाई अझ आकर्षक बनाउने काम गरिन् बलिउड अभिनेत्री सन्नी लियोनीले । उनी दिउँसै काठमाडौंमा अवतरण गरे पनि प्रिमियर शोमा भने निकै ढिलो उपस्थित भइन् । 

शोमा उनी आउने जानकारी पाएपछि नेपालका सानादेखि ठूला मिडियाका संचारकर्मीहरूबीच उनी बिहानैदेखि समाचार बनिरहिन् । मुम्बईबाट उडिन्, काठमाडौंमा ओर्लिइन् । सन्नी आउने बेला नेपालका दर्जनौं युट्युबर एयरपोर्ट पुगिसकेका थिए । २ घन्टा एयरपोर्टबाहिर कुरेर बसेका युट्युबरहरू सन्नीलाई क्यामेरामा कैद गर्न पाउने आशाका साथ तयारी अवस्थामा थिए । सन्नीको प्रतीक्षामा घन्टौं कुरेर बसिरहेका युट्युबरहरू त्यतिबेला हिस्स परे, जतिबेला सन्नीले मुखसमेत नदेखाई गाडीमा पसिन् । निर्माण टिमका सदस्यले कुमारी हलमै आउनुहोस् भन्दै सन्नीलाई लिएर हायाततर्फ लागे । ठीक त्यतिबेला एयरपोर्टबाहिर एक युट्युबर भन्दै थिए, ‘अब सन्नीलाई बहिष्कार गर्नुपर्छ ।’

नेपाली युट्युबरहरूले बुझ्नुपर्ने कुरा के हो भने बलिउड स्टारहरूको फ्यान भ्यालु यति धेरै छ कि, नेपालको त के भारतकै कुनै मिडियाले बहिष्कार गर्दैमा केही हुनेवाला छैन, अझ युट्युबरको कुरा त टाढाकै विषय हुन्छ । अझ सन्नीलाई नेपालको एउटा त के सबै युट्युबरले बहिष्कार गरे पनि सन्नीको क्रेजमा कुनै किसिमको अन्तर पर्ने वाला पनि छैन ।

नेपाली कलाकारहरूलाई जिस्काएझैं युट्युबरले सन्नीलाई धम्काएर के हुन्छ ? केहि हुन्न ।

साँझ ६ बजे प्रिमियर भनिए पनि हलमा भने दिउँसो साढे ४ वजेदेखि नै युट्युबरहरूको बाक्लै भीड लागिसकेको थियो कुमारी हलमा । सन्नी साँझ साढे ८ बजेतिर मात्रै प्रिमियर स्थल आइपुगिन् । सन्नी आउनुभन्दा अघि युट्युबरहरूको जति भीड थियो, उनी आउँदा दोब्बर भैसकेको थियो । सन्नीलाई हेर्न पुगेका धेरैले उनको मुखसमेत देख्न पाएनन् ।

विमानस्थलमा युट्युबरहरूले जस्तो हर्कत देखाएका थिए, त्यसभन्दा बढी हर्कत कुमारी हलमा देखाए । बाउन्सर, हलमा नियमित सुरक्षार्थ खटिएका कर्मचारी र नेपाल प्रहरीका दर्जनौं जवानलाई समेत धकेल्दै सन्नीलाई कैद गर्न उनीहरू अघि–अघि सरे । धकेला–धकेल र हल्ला धेरै भयो ।

कार्यक्रम स्थलमा दर्शक तथा मिडियाका लागि जुन स्थान छुट्याइएको थियो त्यो सीमासमेत युट्युबरले नाघे । सन्नीको सुरक्षा दिन खटिएका बडीगार्डलाई पनि सन्नीलाई जोगाउन हम्मे–हम्मे भयो ।

युट्युबरहरूले मोवाइलबाटै युट्युबमा लाइभ समेत गरे । युट्युबरहरूको भीडभाडकै कारण पत्रकारसँग छोटो कुराकानी गर्ने तालिका समेत रद्द भयो । युट्युबर भन्दै थिए खिच्न त खिचियोे तर के खिचियो के खिचियो ।

आयोजकले प्रिमियरलाई भव्य बनाउन धेरै कोशिस गरेको थियो । सन्नीलाई नै देखाउनका लागि आयोजकले लाखे नाचको व्यवस्था गरेका थिए । विवाहमा जस्तै गेटदेखि भित्रसम्म भव्य सजावटका साथ उत्कृष्ट सेट निर्माण गरिएको थियो । पञ्चकन्याहरूबाट सन्नीलाई स्वागत गराउने आयोजकको तयारी थियो । तर, आयोजकले सन्नीलाई आकर्षित गर्न जे–जति तयारी गरेका थिए त्यो सफल हुन सकेन । सन्नी न त रेड कार्पेटमा हिँड्न सकिन् । न त उनले नेवारी लाखे नाच हेर्न नै पाइन् । नत, पन्चकन्याले उनको स्वागत नै गर्न पाए ।

सन्नीलाई हल भित्र पसेपछि युट्युबरबाट बच्न नै गाह्रो भो । सन्नीलाई खिच्न घेरिरहेका क्यामेराम्यानहरूले कुमारी हलका गमला समेत बाँकी राखेनन् । सन्नीलाई विशेष सुरक्षाका साथ स्टेजमा चढाइयो । एक्कासि युट्युबरहरू स्टेजमा चढेपछि माहौल अर्कै भयो । हुलदंगा सुरु भयो । धेरै युट्युबरहरू त स्टेजबाट भुइँमा पछारिए । यससँगै प्रहरीले युट्युबरलाई लखेट्यो । युट्युबरहरुको भागाभाग भयो ।

युट्युबरहरूको यस्तो किसिमको हर्कतसँगै सन्नीले स्टेजबाट आफू डराएको संकेत गरिन् । उनले संकेत गरेपछि सुरक्षागार्ड,  बडीगार्डले विशेष सतर्कता अपनाए । उनले दुई शब्द बोलेपछि भनिन्, ‘मलाई तपाईंहरूसँग निकै डर लागिरहेको छ ।’ कोही विदेशी पाहुनाले नेपाल आउँदा खुसी लागिरहेको छ भनेर भन्नु त कहाँ हो कहाँ, तपाईंहरूसँग डर लागिरहेको छ भन्नु चानचुने कुरा होइन ।

व्यवस्थापन फितलो

यी अरु केही होइन, आयोजकले होसियारी अपनाउन नसक्नु पछाडिका कारणहरू हुन् । सन्नी लियोनीजस्ती चर्चित कलाकारलाई ल्याउँदा अलिकति पूर्वतयारी गर्नुपर्ने थियो । प्रिमियर भनिसकेपछि अतिथिहरूलाई मात्रै छिर्न दिनुपथ्र्यो होला । अर्को कुरा मिडियाकर्मीलाई बोलाइएको हो भने खास मिडियाका संचारकर्मीलाई मात्र भित्र पस्न दिनुपर्ने थियो । तर, त्यहाँ त कसलाई भित्र छिर्न दिने कसलाई नदिने विषयमा आयोजकको पक्षबाट सोच्ने कोही जिम्मेवार व्यक्ति नै भएनन् । सडकमा हिंडेका सामान्य मानिससमेत भित्र पसे । कार्यक्रम कति व्यवस्थित भयो र कस्तो प्रभाव प¥यो त्यो ठूलो कुरा हो । भीडभाड बढ्यो र धेरै क्यामेरा ठडिए भन्दै आत्मरतिमा रमाउनु राम्रो कुरा होइन । व्यवस्थापन राम्रो हुन नसक्दा आफूले अतिथिहरू कतिपय भित्र पसे । दर्जनौं अतिथि आयोजकको निमन्त्रणा कार्ड हातमा बोकेर बाहिरै सडकमा गफिए । त्यति सानो स्थलमा सयौं क्यामेरासहित सबैलाई खुल्ला छोडिएपछि यो स्वाभाविकै हुने भयो । बास्तबमा आयोजकको लापरबाही र कमजोरीका कारण यी सबै भए ।

२ मिनेट बोलेकी सन्नीले के भनिन् ?

सन्नीले नेपाल विश्वकै सुन्दर देश भन्दै प्रशंसा गरिन् । यसअघि दुईपटक नेपाल आइसकेकी सन्नीले हरेक पटक नेपाल आउँदा मनले छुट्टै आनन्द मान्ने बताइन् । चलचित्रको एक गीत ‘सन्नी हो मेरो नाम’ मा उनले आइटम नृत्य गरेकी छिन् । उक्त गीतमा नृत्य गर्न पाउँदा निकै खुसी लागेको सन्नीले बताइन् । 

आज फर्किइन्

सन्नी आज भारत फर्किएकी छिन् । आयोजकले पूर्ण जानकारी नदिए पनि सन्नीको पूर्व सेड्युअलअनुसार सन्नी आज भारत फर्किनुपर्ने छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik