साप्ताहिक संवाददाता
आज राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मिएको दिन । विक्रम संम्वत् १९७६ असोज ७ मा लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा टेकेका छन् ।
राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकारको रुपमा चर्चित छन् । उनले अहिलेसम्म धेरै गीत समेत लेखिसकेका छन् । बाल्यावस्थादेखी निरन्तर नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख जस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका घिमिरेको जन्मदिनका अवसरमा संसारभरी रहेका नेपालीहरुले उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घिमिरेको जन्मदिनको अवसरमा ट्विटरबाट शुभकामना दिएका छन् ।
अघिल्लो बर्ष स्वास्थ्यमा केहि समस्या आएपनि उपचारपछि भने त्यस्तो ठुलो समस्या देखिएको छैन । लैनचौर स्थित घिमिरे निवासमा यतिबेला उनलाई शुभकामना दिनेहरुको भिड लागेको छ ।