साप्ताहिक संवाददाता
मंसिर २, २०७६
काठमाडौं
नेपालका चर्चित अभिनेता विपिन कार्की दम्पतीले सन्तान जन्माएको छ । पहिलोपटक यो दम्पतीलाई पुत्री लाभ भएको हो । ५ वर्षअघि रेश्मा कटुवालसँग बिहे गरेका विपिनले केहि ढिला गरेर सन्तान जन्माउने निर्णय गरेका हुन् ।
आज सोमबार विहान साढे ६ बल्खु स्थित बयोदा अस्पतालमा रेश्माको कोखबाट छोरीको जन्म भएको हो । अहिले आमा र छोरीको स्वास्थ्य अवस्था निकै राम्रो रहेको अभिनेता विपिनले जनाए ।
पहिलो सन्तानको रुपमा घरमा लक्ष्मीको आगमन भएकोमा विपिन दंग छन् । चलचित्र ‘जात्रै जात्रा’ र ‘प्रसाद’ हिट भएपछि उनको चर्चा थप चुलिएको थियो । हाल उनी ‘सेल्फी किङ’को काममा व्यस्त छन् ।