साप्ताहिक संवाददाता
मंसिर ५, २०७६
ललितपुरको झम्सिखेल क्षेत्र अत्याधुनिक तथा मीठा परिकारहरु पाइने रेष्टुरााका लागि चर्चित बन्दै गैरहेको छ । विदेशीहरुको समेत राम्रो चहलपहल हुने पुल्चोक–झम्सिखेल क्षेत्रमा नयाँ–नयाँ रेष्टुराँहरु खुल्ने क्रममा जारी छ ।
यसैबीच यसै सातामात्र पुल्चोक (झम्सिखेल) मा एउटा नयाँ रेष्टुराँ सञ्चालनमा आएको छ । सेभेने ओ’क्लक बेकरी क्याफे नाम राखिएको उक्त रेष्टुराँ भरखरै सञ्चालनमा आएको छ । उक्त बेकरी क्याफेलाई लोकप्रिय चलचित्र अभिनेता तथा निर्माता दीपकराज गिरीले एक समारोहबीच रिबन काटेर उद्घाटन गरेका हुन् ।
रेडियो कान्तिपुरसंगै सञ्चालनमा आएको उक्त बेकरी क्याफेमा बेकरीसंग सम्बन्धित सम्पूण परिकारहरु दक्ष सेफहरुद्वारा बनाइ सेवा दिइने क्याफेका सञ्चालकहरुको दावी छ ।