साप्ताहिक संवाददाता
मंसिर २०, २०७६
नेपाली कथानक चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ र भारतीय कलाकार करण वर्मा देखिन्छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा हुने बिभिन्न घटनालाई मुख्य कथा बनाइएको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा नीता ढुङ्गाना, परमिता आरएल, बुद्दि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायत मुख्य भूमिकामा छन् । चलचित्र माघ १७ गते रिलिज हुने छ ।