साप्ताहिक संवाददाता
न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी विस्फोटमा झन्डै २० जना घाइते भएका छन् । अन्य केही सम्पर्कविहिन भएको बिबिसीले जनाएको छ । उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् ।
देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो । घाइतेहरूको शरीर पोलेको छ ।
न्यूजील्यान्डको क्रुज असोसिएशनका अनुसार एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको छ । उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मीहरू परिचालित गरिएको छ ।
विस्फोट भएको समयमा उक्त ह्वाईट आईल्यान्डमा दर्जनौँ मानिसहरू रहेको बताइएको छ ।
सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन् । उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ ।
केहीलाई उद्धार गरेर तटमा ल्याइएको प्रहरीले जनाएको छ । तर अरु केहिलाई ल्याउन बाँकी रहेको र कतिपय सम्पर्कविहिन भएको प्रहरीले जानकारी दिएको छ ।