साप्ताहिक संवाददाता
विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार निधन भएको थियो । उनको निधनपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
बाग्लुङ जिल्लामा जन्मिएका खगेन्द्र दुई फिट ४१ इञ्च अर्थात् ६७.०८ सेन्टिमिटरका थिए । सन् २०१० मा १८ वर्षको उमेरमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्वका सबैभन्दा होचा व्यक्तिका रूपमा नाम लेखाएका थिए । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रको निधनले दुःखी बनाएको जनाएको छ । खगेन्द्र दम, मुटुको समस्या र निमोनियाबाट पीडित थिए ।
नेपालकै ५४.६ सेन्टिमिटरका चन्द्रबहादुर डाँगी पत्ता लागेपछि थापा मगरले सबैभन्दा होचा व्यक्तिको उपाधि गुमाएका थिए । तथापी, चन्द्रबहादुरको सन् २०१५ मा मृत्यु भएपछि फेरी खगेन्द्रको नाम लेखिएको थियो । अब संसारको सबैभन्दा सानो व्यक्तिमा इडवार्ड फर्नान्डेजको नाम लेखिएको छ । कोलम्बियाका उनी ७०.२१ सेन्टिमिटरका छन् । उनी अहिले ३२ वर्षमा टेकेका छन् ।