• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
रहिनन् कुसुन्डा भाषाकी ज्ञाता 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

दुर्गालाल केसी

रहिनन् कुसुन्डा भाषाकी ज्ञाता 
माघ १६, २०७६

दुई सातादेखि बिरामी परेर थलिएकी कुसुन्डा भाषाकी एक मात्र ज्ञाता ८२ वर्षीया ज्ञानीमैयाँ कुसुन्डाको शनिबार मृत्यु भएको छ । उनको शनिबार दिउँसो लमही नगरपालिका–६, कुलमोहरस्थित घरमा निधन भएको बुहारी आशा पुनले बताइन् । 

पुस २८ गते एक्कासि चक्कर लागेर लडेपछि उनी थला परेकी थिइन् । उनलाई उपचारका लागि लमही हुँदै मेडिकल कलेज कोहलपुर लगिए पनि स्वास्थ्यमा सुधार आएको थिएन । कुसुन्डालाई दिमागमा डिजेनेरेटिभ चेन्जेज (उमेर बढ्दै जाँदा मस्तिष्कका सेलहरू नष्ट हुँदै जाने) र दमको समस्या थियो ।

कुसुन्डा जातिकी एक मात्र अग्रज र भाषाविज्ञको निधनले कुसुन्डा समुदायलाई अपूरणीय क्षति भएको कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । ‘हाम्रो इतिहास ढल्यो, हाम्रो भाषाको अन्त्य भयो,’ उनले भने, ‘यसले हामीलाई विक्षिप्त बनाएको छ ।’ उनका अनुसार दाङमा ९८ र देशभर २ सय ३२ कुसुन्डा छन् । तीमध्ये ज्ञानीमैयाँ मात्रै भाषाकी पूर्ण जानकार थिइन् ।

लामो समयदेखि कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैयाँ बिरामी हुँदा पनि बेहोसी तालमा कुसुन्डा भाषामै बर्बराउने गरेकी थिइन् । उनलाई आफूपछि कुसुन्डा भाषा कसले बचाइदेला भन्ने चिन्ता थियो । उनका एक छोरा र दुई छोरी छन् । एक मात्र छोरा प्रेमबहादुरको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । त्यसयता उनको हेरचाह बुहारी आशाले नै गर्दै आएकी थिइन् । आर्थिक अभावका कारण ज्ञानीमैयाँलाई राम्रो अस्पताल लैजान नसकेको भनेर परिवारले गुनासो गरेका थिए ।

बाल्यकाल जंगलमा बिताएकी ज्ञानीमैयाँले आमाबुवाबाट सिकेको कुसुन्डा भाषालाई अहिलेसम्म बचाएर राखेकी थिइन् । कुसुन्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा–संस्कृति पनि संकटमा परेको थियो । ज्ञानीमैयाँले भाषा बचाउन अरूलाई पनि सिकाउँदै आएकी थिइन् । उनको सहयोग लिएर लमहीमा भाषा आयोगले कुसुन्डा भाषाको औपचारिक कक्षा नै चलाएको थियो । पहिलो चरणको कक्षा पूरा भएर दोस्रो चरणको सुरु गरेका बेला उनको निधन भएको कुसुन्डा भाषाका अध्येता एवं शिक्षक उदय आलेले बताए ।

उनको निधनले कुुसुन्डा भाषा संरक्षणमा ठूलो क्षति पुगेको आलेले बताए । ‘पूर्ण रूपमा भाषा जान्ने उहाँ मात्रै एक्लो हुनुहुन्थ्यो । अरूलाई सिकाउन खोज्दाखोज्दै निधन भयो,’ उनले भने, ‘पूर्ण रूपमा भाषा सिकाउन नपाउँदै उहाँले संसार छाड्नुभयो ।’

अब केही मात्रामा कुसुन्डा भाषा बोल्न सक्ने उनकी काकाकी छोरी ४२ वर्षीया कमला कुसुन्डा मात्रै बाँकी छिन् । उनी लमहीमा बस्छिन् । ज्ञानीमैयाँको निधनले कुसुन्डा भाषा संकटमा परेको भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले बताए । ‘उहाँ एक्कासि गम्भीर बिरामी पर्नुभयो । उमेरका आधारमा पनि धेरै कमजोर भएकाले बचाउन कठिन भयो,’ उनले भने, ‘थप उपचारका लागि आर्थिक संकलन गर्दागर्दै उहाँको निधन भयो । यसले कुसुन्डा भाषामा ठूलो क्षती पुगेको छ । भाषा नै संकटमा परेको छ ।’

जंगलमा हिँड्दा कुसुन्डालाई वनका राजा मानिन्थ्यो । जंगलमा सिकार खेल्ने, गिट्ठा–भ्याकुर खाने उनीहरूको जीवनशैली थियो । संख्या घट्दै गएपछि कुसुन्डाहरू फिरन्ते जीवन त्यागेर जीवन बचाउन गाउँ पसेका थिए । त्यही गाउँ पस्ने समूहकी एक मात्र जीवित थिइन्— ज्ञानीमैयाँ । उनकी आमा गोकुली पुनले रोल्पाको जुर मसिनाबाट भागेर जंगलमा बस्ने कुसुन्डा बलबहादुर सेन ठकुरीसँग विवाह गरेकी थिइन् । कुसुन्डासँग भागेपछि उनलाई घरपरिवारले स्विकारेका थिएनन् ।

भागी विवाह भएको १९ वर्षपछि मात्र गोकुली छोराछोरीसहित माइती फर्किएकी थिइन् । श्रीमान्को दाङको हर्नोकस्थित जंगलमा मृत्यु भएपछि गोकुली दुई छोरा र तीन छोरीलाई लिएर माइतीमा फर्किएकी हुन् । अहिलेसम्म अन्य सबै छोराछोरीको मृत्यु भइसकेको छ । माइली छोरी ज्ञानीमैयाँ मात्रै हालसम्म जीवित थिइन् । उनी बाआमाका साथमा जंगली जीवन बिताउँदा कुसुन्डा भाषा बोल्थिन् । त्यही बाल्यकालमा सिकेको भाषा उनले अहिलेसम्म बचाएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik