साप्ताहिक संवाददाता
आगामी फागुनमा रोल्पाको होलेरी हुने पहिलो ‘राष्ट्रिय मिडिया सम्मेलन–२०७६’ तयारी तिब्र रुपमा चलिरहेको छ । २ दिन सम्म हुने उक्त सम्मेलन रुन्टिगढी गाउँपालिका होलेरी रोल्पामा हुने छ । फागुन १ र २ गते हुने सम्मेलनमा उर्जा मन्त्री वर्षमान पुन, पूर्व सभामुख तथा सांसद ओनसरी घर्ती, ५ नं.प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगी र रुन्टिगढी गाउँपालिका प्रमुख बालाराम बुढा सहभागी हुने छन् ।
सम्मेलनमा सञ्चारकर्मी नारायण वाग्ले, किरण नेपाल, गुणराज लुईंटेल, नारायणप्रसाद शर्मा, प्रशान्त अर्याल, टिकाराम यात्री, नारायण अमृत, उमेश चौहान, अखण्ड भण्डारी, नितु पण्डीत, निर्मला शर्मा, भुषिता वशिष्ठ, गंगा वि.सी., उमेश चौहान, शुसील गौतम तथा गोविन्द आचार्य तगायत सहभागी हुनेछन् ।
सम्मेलनमा ‘किन आउने होलेरी ?, रोल्पाबाटै किन सुरु भयो जनयुद्ध, रोल्पाको पत्रकारिताको नालिबेली कार्यपत्र प्रस्तुत’ लगायतका शिर्षकमा कार्यक्रम हुने आयोजकले जनाएको छ । रुन्टीगढी गाउँपालिका मुल आयोजक रहेको सम्मेलनको सह–आयोजक नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा रहेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य होलेरीमा पर्यटन प्रवद्र्धन गर्नु रहेको सम्मेनका सदस्य सचिव दीप दर्पणले जानकारी दिए ।