
हङकङ वानचाईमा २९ वर्षीया एक नेपाली महिलाको ७ तलाको बिल्डिङ्बाट खसेर मृत्यु भएको छ ।
मृतक महिला दिउँसो १२ बजेतिर वानचाई स्थित ४०/५४ अपार्टमेन्टको छतमा उभिएकी थिईन । आत्महत्या गर्ने सोचले उभिएको ठानी स्थानियहरुले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले उनलाई सुरक्षित स्थानमा जान आग्रह गरेपनि उनी त्यहाँबाट हाम फालेकी हुन् ।
प्रहरीको टोलीले महिलालाई सुरक्षित स्थानमा जान अनुरोध गरेपनि अस्विकार गर्दै महिलाले विल्डिङको छतबाट हाम्फालिन । गम्भिर घाईते भएकी उनलाई नजिकको अस्पताल पुर्याउने वित्तिकै मृत घोषणा गरियो ।
पुर्खेली थलो खोटाङ् भएकी मृतक महिला धरान निवासी ब्रिसिका राई हुन् । अविवाहित उनका बाबा–आमा बेलायतमा र दाजुहरु धरानमा बस्छन् ।
केहि समयदेखि एकान्तमा बस्न रुचाउँने उनी डिप्रेशनको सिकार भएको नजिकका साथीहरु बताउँछन् ।
मृतक ब्रिसिकाको शवलाई नजिकका भेना पर्ने आफन्तलाई देखाईसकिएको र नेपाल लैजानका लागि आवश्यक कागजपत्र र तयारी थालिएको खोटाङ् समाज हङकङका अध्यक्ष निकेश गुरुङले बताए ।