हङकङमा १ सय २३ नेपालीहरुलाई सेल्फ होम क्वारेन्टाईनमा राखिएको छ । शनिबार मार्च २१ का दिन नेपाल एयरलाईन्सको एयरबस ४१० बाट हङकङ प्रवेश गरेका सवै यात्रुहरुलाई होम क्वारेन्टाईनमा राखिएको हो ।
एयरबसमा १ सय २३ नेपालीहरुसगै बेलायतका ८ जना, भारतका ८ जना, चीनका ४ जना, क्यानडाका २ जना, अमेरिकाका १ जना गरि १ सय ४६ जना सवार थिए ।
नेपाल एयरलाईन्सले पनि शनिबारको उडानलाई अन्तिम भन्दै ३० अप्रिल २०२० सम्मको लागि हङकङ, नेपाल उडान स्थगित गरेको छ ।
विभिन्न देश हुदै हङकङ प्रवेश गरेकाहरुबाट संक्रमणको जोखिम बढेसँगै हङकङ अध्यागमन विभागले मार्च १७ बाट लागु हुने गरि क्वारेन्टाईनको सुचना जारी गरेको हो । सोहि अनुरुप २१ मार्चमा हङकङ प्रवेश गरेका यात्रुहरुलाई विभागले एयरपोर्टबाटै सेल्फ क्वारेन्टाईनको लागि निर्देशन दिएको हो ।
ट्रयाकिङ् ब्रासलेट
हङकङ प्रवेश गरेका सवै यात्रुहरुलाई अध्यागमन विभागले ट्रयाकिङ् ब्रासलेट (विद्युक्तीय रिस्टब्याण्ड) लगाईदिएको छ । ब्याण्डमा अकिंत यात्रु नम्बर र ट्रयाकिङ् बार कोड मार्फत स्वास्थ्य अधिकारीहरुले क्वारेन्टाईन नियम पालन गरे नगरेको अनुगमन गर्नेछन् ।
क्वारेन्टाईमा बस्नेहरु यदि परिवारसग बस्ने भए १४ दिनसम्म घरका अन्य सदस्यहरु पनि नियमित काम र बाहिर हिडडुल गर्नकालागि निषेधाज्ञा जारी गरिएको छ ।
यदि क्वारेन्टाईनको नियम लागु नगरेमा २५ हजार डलर र ६ महिनासम्म कैदको सजाय हुन सक्ने ब्यवस्था रहेकोछ ।
क्वारेन्टाईनमा बसिरहेकाहरुको अवस्था
नुमा पुन (नाम परिवर्तन) भन्छिन् २ महिना नेपाल बसेर हङकङ आएको, सानो कोठाभित्र थुनिएर बस्दा गाह्रो भईसक्यो । मोवाईल पनि कति चलाउनु, निन्द्रा पनि लाग्दैन डिप्रेशन नै होला जस्तो भईसक्यो ।
प्रिया गुरुङ (नाम परिवर्तन) करिब एक महिना नेपाल बसेर आएकी हुन् । सुगर र ब्लड प्रेसरको बिरामी उनी एक्लै गाह्रो भएको बताउछिन् । घरका सवै सदस्यहरु क्वारेन्टाईनमा बस्नु पर्ने डरले कोठा छोडेर गए । एक्लै आफुलाई ब्यवस्थापन गर्न गाह्रो भईरहेको छ ।
फर्म ६ मा अध्ययनरत बीना सुब्बा (नाम परिवर्तन) ले क्वारेन्टाईनलाई क्रिएसनमा परिणत गरिरहेकी छिन् । गीत, संगितमा ईच्छा राख्ने उनी गितारमा संगितको कड खोजिरहेकी हुन्छिन् । बाबा आमा र एकजना दाई अस्थाई बसाईको लागि अर्कौ ठाउमा जानुभयो । एक्लै गीत, संगित र विभिन्न चित्र बनाउदै समय ब्यक्तित गरिरहेको छु सुब्बा भन्छिन् ।
३६ बर्षिय प्रेम सञ्जेल (नाम परिवर्तन) क्वारेन्टाईनमा बस्नु पर्छ भनेरै नेपालबाट आधा दर्जन पुस्तक लिएर आएको बताउछन् । मलाई पुस्तक पढ्न मन पर्छ तर कामको चपेटा र आधुनिक प्रविधीका कारण मेरो पुस्तक पढ्ने बानी नै हराईसकेको थियो । क्वारेन्टाईनमा छु, आत्मविश्वास त बलियो बनाउनै पर्यो । अक्षरहरुसगै हराईरहेको छु, एकप्रकारले अद्भुत समय ब्यतित गरेको महशुस भईरहेको छ सञ्जेल भन्छन् ।
पोखराका ओम राई (नाम परिवर्तन) जीवनमै अनौठो अनुभव भएको बताउछन् । भएको केहि पनि छैन तर समाचारमा आएका कुराहरुले आफुलाई कमजोर महशुस गर्छु । आफुलाई बलियो बनाउनकालागि शारिरीक ब्यायाम र खानपानमा विशेष ध्यान दिईरहेको छु । बाहिर निस्कनपनि डर लाग्छ कहिले यो १४ दिन पुग्छ जस्तो लागि सक्यो ।
ब्रासलेट लगाएकाहरु प्रतिको धारणा
सामाजिक सञ्जालमा एउटा भिडियो भाईरल बन्यो । भिडियोमा हातमा ट्रयाकिङ् ब्रासलेट लगाएकी एक युवती फास्टफुड स्टोरको लाईनमा खाना पर्खिरहेकी थिईन । क्वारेन्टाईनबाट बिना अनुमती बाहिर निस्किएकी ति युवतीलाई एक स्थानियले गाली गर्दै भिडियो बनाउन थाले ।
युवतीलाई ट्याक्सीमा समेत चढ्न रोक लगाईयो । अन्त्यमा उनी आफु बस्ने क्वारेन्टाईन भवनमा जान बाध्य भईन ।
स्थानियहरुबाट पाईने अवहेलनाले गर्दा पनि ट्रयाकिङ ब्रासलेट लगाउनेहरु आफु भित्र नै डराईरहेका छन् ।
भाईरसको संक्रमण र फैलावटलाई कम गर्नकालागि क्वारेन्टाईनको नियम लगाईएको हो । विभिन्न ठाउँहरु घुमेर, मानिसहरुको सम्पर्कमा बसेर आएको हुनाले चिकित्सकले बिशेष निगरानीमा राखेको हो ।
१४ दिनपश्चात कोरोना संक्रमणको चेकजाँच गरी रिपोर्ट नेगेटिभ निस्किएमा क्वारेन्टाईनमा बसेकाहरुले आफ्नो दिनचर्यालाई निरन्तरता दिन सक्नेछन् ।