• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
कोरोना लागेका ४ नेपालीको अवस्था कस्तो छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

कोरोना लागेका ४ नेपालीको अवस्था कस्तो छ ?
चैत्र १६, २०७६

नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अन्य चार जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । हामीले यहाँ ती ब्यक्तिको अहिले कहाँ उपचार भइरहेको छ र स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे जानकारी दिँदै छौं । कोरोना संक्रमित चारै जनाको नाम भने गोप्य राखिएको छ । 

दोस्रो व्यक्ति

दोस्रो कोरोना संक्रमण हुने युुवती चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । काठमाडौंकी १९ वर्षीया ती युवतीको स्वास्थ्यमा समस्या आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि पुर्याइएको थियो । चैत १० गते उनमा कोरोनाको संक्रमण भएको पुष्टी भयो । अहिले उनको सोही अस्पतालको आइसोलेसनमा वार्डमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ । उनी डाक्टरहरुको प्रत्यक्ष निगरानीमा उपचाररत छिन् ।

तेस्रो ब्यक्ति

कोरोना संक्रमित हुने तेस्रो व्यक्ति धादिङका ३२ वर्षीय युवा हुन् । उनी चैत ६ गते युएईबाट नेपाल आएका थिए । नेपाल आएर ती युवा काठमाडौंको होटलमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी ११ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे । १२ गते उनमा कोरोना संक्रमण भएको रिपोर्ट आयो । अहिले उनको टेकु अस्पतालमै आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनको अवस्था पनि समान्य नै छ ।

चौंथो ब्यक्ति

कोरोना संक्रमणको पुष्टी भएका चौंथो ब्यक्ति धनगढीका हुन् । उनी दुबईबाट दिल्ली हुँदै नेपाल आएका थिए । उनी चैत ६ गते दिल्ली हुँदै ७ गते काठमाडौं आएका थिए । त्यसको भोलिपल्ट उनी काठमाडौंबाट विमानमा नेपालगञ्ज हुँदै त्यहाँबाट सार्वजनिक यातायातमा धनगढी गुगे । ३४ वर्षीय ती युवाको चैत ११ गते स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका थिए । केही दिन अस्पतालमा भर्ना भएपछि परीक्षणका क्रममा १५ गते उनमा संक्रमण भएको पुष्टी भयो । उनलाई हाल छुट्टै आइसोलेसन बेडमा राखेर उपचार भइरहेको छ । ती युवाको परिवारले.संक्रमितको राम्रोसँग उपचार हुन नसकेको दुःखेसो पोखेका थिए । चिकित्सकहरु समेत डरले ती युवाको नजिक जान नसकेको उनको परिवारको आरोप छ । तर, अहिले उनको विशेष निगरानीमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाँचौं ब्यक्ति

कोरोना संक्रमण देखिने पाँचौं ब्यक्ति बेल्जियमबाट नेपाल आएकी १९ वर्षीया युवती हुन् । बाग्लुङकी ती युवती चैत ४ गते नेपाल आएकी थिइन् । ११ गते बाग्लुङकै धौलागिरी अस्पतालबाट स्वास्थ्यकर्मीको एक टोली युवतीको घरमै पुगेर थ्रोट स्वाब लिएर गए । १५ गते उनमा कोरोना भएको पुष्टी भयो । अहिले उनी घरमै सेल्फ क्वारेन्टाइनमा छिन् । त्यसपछि घरमै रहेकी उनलाई आइतबार धौलागिरी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको प्रदेश स्वास्थ्य निर्देशक विन्दु शर्माले जानकारी दिइन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि उपचारत चारै जनाको स्वास्थ्य अवस्था अहिले समान्य रहेको जानकारी दिए ।

साप्ताहिकसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुमा त्यस्तो जटिल कुनै समस्या थिएन । संक्रमण देखिदैमा आत्तिइहाल्नुपर्ने अवस्था होइन । अहिले उहाँहरुको आइसोलेसनमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ ।’ धनगढीको प्रादेशिक अस्पतालमा राम्रो केयर नभएको गुनासो परिवारका सदस्यले गरेपछि मन्त्रालयले राम्रोसँग उपचार गर्न निर्देशन दिएको देवकाटाले जानकारी दिए । अर्को टेस्ट गर्ने र संक्रमण नदेखिए उनीहरुलाई डिस्चार्ज गर्ने मन्त्रालयको तयारी रहेको छ । 

हालसम्म नेपालमा ८ सय ७५ जनामा कोरोना संक्रमण परीक्षण गरिएको छ । जसमध्ये ८ सय ७० जनामा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले साप्ताहिकलाई जानकारी दियो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik