कोरोना भाइरस (कोभिड–१९) को तिव्र संक्रमण बढेसँगै हङकङ स्थित नेपाली महावाणिज्य दूतावासले तथ्याङ् संकलन अभियान थालेको छ ।
संक्रमणको संख्या वृद्धिसँगै आउन सक्ने महामारी र विपतलाई मध्यनजर गर्दै दुतावासले आपतकालिन सम्पर्क नम्बर, ठेगाना र अन्य ब्यक्तिगत विवरण संकलन गरेको हो ।
दुतावासले आफ्नो वेवसाईटमा ईमरजेन्सी रजिष्टे«शनको अप्सन राख्दै हङकङ तथा मकाउमा बस्ने नेपाली तथा गैर्ह नेपालीहरुलाई आफ्नो विवरण भर्नका लागि अपिल गरेको छ ।
अहिलेको आपतकालिन परिस्थितीमा सवै नेपालीहरुसँग सहज सम्पर्क र सम्बन्ध स्थापित गर्नका लागि हामीले वास्तविक तथ्यांक तयार गर्न लागेको हौ । वर्तमान बिषयको गाम्भिर्यतालाई मध्यनजर गर्दै हामीले अनलाईन विवरण दर्ताको प्रबन्ध गरेका छौ हङकङ, मकाउ स्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए । यस अघिपनि दूतावासले आफ्ना सम्पुर्ण सेवाहरु अनलाईन मार्फत दिईरहेको छ ।