• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाचार
समाचार
थप दुई जनामा कोरोना संक्रमण पुष्टी, नेपालमा संक्रमितको संख्या १४ पुग्यो  
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

थप दुई जनामा कोरोना संक्रमण पुष्टी, नेपालमा संक्रमितको संख्या १४ पुग्यो  
वैशाख १, २०७७

नेपालमा थप दुई जनामा कोरोना ( कोभिड–१९) संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ का थप दुई नयाँ संक्रमित फेला परेको पुष्टी गरेको हो । यी दुई नेपालमा देखिएका कोभिड–१९ का तेह्रौ र चौधौं संक्रमित हुन् । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार विफ्रिङमा प्रवक्ता डा. विकास देवकाटाले कैलालीको लम्की चुहा नगरपालिकामा थप एक ६५ वर्षीया महिलामा कोभिड–१९ पोजेटिभ देखिएको जानकारी दिए । यस्तै, उनले रौतहतमा क्वारेन्टाइनमा बसिरहेका एक १९ वर्षीय युवकमा पनि कोभिड–१९ पोजेटिभ पुष्टी भएको बताए । उनीहरुमध्ये कैलाली लम्की चुहाकी ६५ वर्षीया महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार थालिएको छ भने रौतहटका १९ वर्षीय युवकलाई क्वारेन्टाइनबाट अस्पताल लिने तयारी थालिएको डा. देवकोटाले बताए ।  

प्रवक्ता डा. देवकोटाले नेपालमा कोभिड–१९ को संक्रमितको संख्या १४ पुगेको बताउँदैं सबैलाई होम क्वारेन्टाइनमा बस्न र लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरे ।  

नेपालमा पहिलो पटक गत माघमा पहिलो कोभिड–१९ संक्रमित व्यक्ति भेटिएका थिए । चीनको बुहानबाट फर्किएका उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

दोस्रो संक्रमण ४ चैतमा फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली महिला विद्यार्थीमा देखिएको थियो । उनमा १० चैतमा कोभिड–१९ पोजेटिभ पुष्टी भएको थियो । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ । 

तेस्रो संक्रमण १२ चैतमा युएईबाट आएका धादिङका ३२ वर्षीय युवामा पुष्टी भएको थियो । उनी ६ चैतमा नेपाल आएका थिए । ती व्यक्तिको पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै उपचाररत छन् । 

चौथो कोभिड–१९ पुष्टी १४ चैतमा धनगढीका एक युवामा भएको थियो । ३४ वर्षीय ती युवा दुबईबाट नयाँदिल्ली हुँदै ७ चैतमा काठमाडौं ओर्लिएका थिए । त्यसपछि उनी भोलिपल्ट प्लेनबाट नेपालगन्ज र त्यहाँबाट हायसमा धनगढी पुगेका थिए । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ११ चैतमा उपचार गर्न भर्ना भएका थिए । उनको अहिले सेती अस्पतालमै उपचार भैरहेको छ ।

पाँचौ कोभिड चैत ४ को फ्लाइटमा बेल्जियमबाट फर्किएकी बाग्लुङकी एक १९ वर्षीया युवतीमा कोभिड–१९ संक्रमण पुष्टी भएको थियो । उनमा १५ चैतमा कोभिड–१९ पुष्टी भएको थियो । उनको बाग्लुङस्थित धौलागिरी अस्पतालमा उपचार भैरहेको छ । 

छैटौं कोभिड–१९ संक्रमित २० चैतमा पुष्टी भएको थियो । पाँचौ संक्रमित भेटिएको ५ दिनपछि दिनपछि चैत २० गते नेपालमा छैटौ कोभिड–१९ संक्रमित भेटिएकी थिइन् । उनी पनि बेल्जियमबाट आएकी बाग्लुङकी युवतीकी नातेदार थिइन् । उनको पनि धौलागिरी अस्पतालकैं आइसोलेसनमा उपचार भैरहेको छ । फ्रान्सबाट फर्केकी संक्रमित विद्यार्थी, बेल्जियमबाट फर्केकी युवती र ती वृद्धा दोहाबाट क्युआर ६५२ फ्लाइटबाट काठमाडौं फर्केका थिए । 

चैत २२ मा एकैदिन नेपालमा सातौ, आठौं र नवौं कोभिड–१९ केस पुष्टी भएको थियो । मुम्बईबाट फर्किएका कैलालीका एक २१ वर्षीया पुरुष, उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीया अर्का पुरुषमा कोभिड १९ पुष्टी भएको थियो । सोही दिन पहिलो पटक नेपालमा कैलालीकै ३४ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । ती महिला १४ चैतमा धनगढीमा कोरोना पोजेटिभ देखिएका दुबईबाट फर्किएका युवककी आफन्त थिइन् । धनगढीकी स्थानीय महिलामा कोभिड–१९ पुष्टी भएसँगै नेपालमा स्थानीय व्यक्तिमा पहिलो पटक कोभिड–१९ संक्रमण देखिएको थियो । उनीहरु तिनैको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । 

त्यसपछि, ३० चैतमा दशौं, एघारौं र बाह्रौं केस देखियो । भारतबाट आएर पर्साको वीरगन्जको छपकैयास्थित मस्जिदमा शंकास्पद रुपमा बसिरहेका २१ जनामध्ये तीन जना भारतीय नागरिकमा कोभिड–१९ पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयकाअनुसार कोभिड–१९ पोजेटिभ देखिएका भारतीयहरु ३७, ४४ र ५५ वर्षका पुरुष हुन् । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ ।  

कोभिड–१९ पोजेटिभ पुष्टी भएका १४ मध्ये ५ जना सेती प्रादेशिक अस्पताल, २ जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, २ जना बाग्लुङस्थित धौलागिरी अस्पताल र ३ जनाको पर्साको नारायणी अस्पतालमा उपचार भैरहेको छ । एक जना उपचारपश्चात ठीक भएर घर फर्किसकेका छन् भने रौतहटको क्वारेन्टाइनमा पोजेटिभ पुष्टी भएका १९ वर्षीय युवकलाई अस्पताल लग्ने तयारी भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
समाचार
कोभिड संक्रमणकै कारण नेपालमा महिलाको मृत्यु भएको पुष्टि

वैशाख ८, २०७७

समाचार
सोभितको कमब्याक

राजाराम पौडेल

वैशाख ८, २०७७

समाचार
लकडाउनको समयमा लकडाउन ‘रन्डेभु विथ सम्पदा’

वैशाख ८, २०७७

समाचार
कोल्सन ह्वाइटहेडलाई दोस्रोपटक पुलित्जर

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik