साप्ताहिक संवाददाता
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्वमा १ सय ६८ देशका मानिसले ज्यान गुमाइसकेका छन् भने २६ लाखभन्दा बढी मानिस संक्रमित छन् । कोभिडको नियमित अपडेट गराउँदै आएको वल्र्डोमिटर्सका अनुसार विश्वमा अहिलेसम्म १ लाख ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
२०१९, डिसेम्बरको अन्तिममा चीनको वुहान सहरबाट फैलिएको कोभिडको सबैभन्दा बढी प्रभाव यतिबेला विश्व शक्तिमान अमेरिकामा देखिएको छ । जहाँ ४७ हजार ६ सय ८१ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै ९ लाखको हाराहारीमा संक्रमित छन् । अमेरिकामा अन्य देशको तुलनामा निको हुने अनुपात पनि कम छ । ९ लाखको हाराहारीमा संक्रमित पुगिसक्दा त्यहाँ निको हुनेको संख्या जम्मा ८४ हजार छ । जबकि स्पेनमा २ लाख संक्रमितमध्ये ८५ हजारभन्दा बढी निको भएको वल्र्डोमिटर्सले जनाएको छ, स्पेनमा २२ हजार मानिसको मृत्यु भएको छ । त्यसैले अन्य देशको तुलनामा अमेरिकामा कोरोनाको प्रभाव भयावह हुन सक्ने सम्भावना छ ।
कहाँ कति संक्रमित कतिको मृत्यु ?
अमेरिका र स्पेनपछि १ लाखभन्दा बढी संक्रमित इटलीमा छन् । इटलीमा हालसम्म १ लाख ८७ हजारभन्दा बढी मानिस कोभिड संक्रमित छन् भने २५ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ । यस्तै, फ्रान्समा १ लाख ५९ हजारभन्दा बढी मान्छे संक्रमित छन् भने २१ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । जर्मनीमा १ लाख ५० हजारभन्दा बढी संक्रमित, ५ हजार ३ सय २० मृत्यु, बेलायतमा १ लाख ३३ हजार संक्रमित, १८ हजार मानिसको मृत्यु भएको छ । यस्तै, टर्कीमा ९८ हजार संक्रमित २ हजार ४ सयको मृत्यु, इरानमा ८६ हजार संक्रमित, ५ हजार ४ सयको मृत्यु, चीनमा ८३ हजारको हाराहारीमा संक्रमित ४ हजार ६ सयभन्दा बढीको मृत्यु, रसियामा ६२ हजार ८ सय संक्रमित, ५ सय ५५ को मृत्यु, ब्राजिलमा ४६ हजार १ सय ८२ संक्रमित ३ हजारको मृत्यु, बेल्जियममा ४२ हजारभन्दा बढी संक्रमित, ६ हजारभन्दा बढीको मृत्यु, क्यानडामा ४० हजारभन्दा बढी संक्रमित भएका छन् भने करिव २ हजार मानिसको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ ।
यस्तै नेदरल्याण्डमा ३४ हजारभन्दा बढी संक्रमित, ४ हजारभन्दा बढीको मृत्यु, स्विजरल्याण्डमा २८ हजारभन्दा बढी संक्रमित १५ सयभन्दा बढीको मृत्यु, पोर्चुगलमा करिव २२ हजार संक्रमित, ७ सय ८५ जनाको मृत्यु, भारतमा २१ हजार ८ सय संक्रमित, ६ सय ८१ को मृत्यु, पेरुमा १९ हजार २ सय ५० संक्रमित ५ सय ३० जनाको मृत्यु, आयरल्याण्डमा १६ हजार ६ सय ७१ जना संक्रमित, ७ सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ । त्यसैगरी, स्विडेनमा १६ हजारभन्दा बढी संक्रमित, करिव २ हजार जनाको मृत्यु, अष्ट्रियामा १५ हजारभन्दा बढी संक्रमित, ५ सयभन्दा बढीको मृत्यु, इजरायलमा १४ हजारभन्दा बढी संक्रमित १ सय भन्दा बढीको मृत्यु, साउदी अरबमा १२ हजारभन्दा बढी संक्रमित ,१ सयभन्दा बढीको मृत्यु, जापानमा ११ हजारभन्दा बढी संक्रमित छन् भने ३ सयभन्दा बढीको मृत्यु भैसकेको छ ।
यस्तै, चिलीमा ११ हजारभन्दा बढी संक्रमित भएका छन् भने हालसम्म १ सय ६० जना मानिसले ज्यान गुमाएका छन् । सिंगापुरमा ११ हजारभन्दा बढी संक्रमित, १२ जनाको मृत्यु, इक्वेडरमा १० हजारभन्दा बढी संक्रमित, ६ सयको हाराहारीमा मृत्यु, दक्षिण कोरियामा १० हजारभन्दा बढी संक्रमित २ सय ४० को मृत्यु, मेक्सिकोमा १० हजारभन्दा बढी संक्रमित, ९ सयभन्दा बढीको मृत्यु, पाकिस्तानमा १० हजारभन्दा बढी संक्रमित, २ सयभन्दा बढीको मृत्यु, पोल्याण्डमा १० हजारभन्दा बढी संक्रमित, ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
यसैगरी, रोमानियामा ९ हजारभन्दा बढी संक्रमित, ५ सयभन्दा बढीको मृत्यु, दुबईमा ८ हजारभन्दा बढी संक्रमित, ५२ जनाको मृत्यु, डेनमार्कमा ८ हजारभन्दा बढी संक्रमित, ३ सयभन्दा बढीको मृत्यु, इन्डोनेसियामा ७ हजारभन्दा बढी संक्रमित, ६ सयभन्दा बढीको मृत्यु, नर्वेमा ७ हजारभन्दा बढी संक्रमित, १ सयभन्दा बढीको मृत्यु, युक्रेनमा ७ हजारभन्दा बढी संक्रमित, १ सयभन्दा बढीको मृत्यु, कतारमा ७ हजारभन्दा बढी संक्रमित छन् भने १० जनाको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । वल्र्डोमिटरका अनुसार चेचियामा ७ हजारभन्दा बढी संक्रमित, २ सयभन्दा बढीको मृत्यु, सर्बियामा ७ हजारभन्दा बढी संक्रमित, १ सयभन्दा बढीको मृत्यु, फिलिपिन्समा ६ हजारभन्दा बढी संक्रमित, ४ सयभन्दा बढीको मृत्यु भएको छ । अष्ट्रेलियामा ६ हजारभन्दा बढी संक्रमित छन् भने ७५ जना मानिसकोे मृत्यु भएको छ ।
यस्तै, मलेसियामा ५ हजारभन्दा बढी संक्रमित, ९३ जनाको मृत्यु, डोमिनिक रिपब्लिकमा ५ हजारभन्दा बढी संक्रमित, २ सय भन्दा बढीको मृत्यु, पानामामा ४ हजारभन्दा बढी संक्रमित, १ सयभन्दा बढीको मृत्यु, कोलम्बियामा ४ हजारभन्दा बढी संक्रमित, २ सय भन्दा बढीको मृत्यु, बंगलादेशमा ४ हजारभन्दा बढीमा संक्रमण, १ सयभन्दा बढीको मृत्यु भएको छ ।
फिनल्याण्डमा ४ हजारभन्दा बढी संक्रमित, १ सयभन्दा बढीको मृत्यु, इजिप्टमा ३ हजारभन्दा बढी संक्रमित, २ सयभन्दा बढीको मृत्यु, लक्जम्बर्गमा ३ हजारभन्दा बढी संक्रमित ८० जनाको मृत्यु, दक्षिण अफ्रिकामा ३ हजारभन्दा बढी संक्रमित, ६५ जनाको मृत्यु, मोरक्कोमा ३ हजारभन्दा बढी संक्रमित, १ सयभन्दा बढीको मृत्यु, अर्जेन्टिनामा ३ हजारभन्दा बढी संक्रमित, १ सयभन्दा बढीको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । यस्तै, अल्जेरियामा २ हजारभन्दा बढी संक्रमित, ४ सयभन्दा बढीको मृत्यु, थाइल्याण्डमा २ हजारभन्दा बढी संक्रमित, ५० जनाको मृत्यु भएको छ, मल्डोभामा २ हजारभन्दा बढी संक्रमित, ७६ जनाको मृत्यु, ग्रिसमा २ हजारभन्दा बढी संक्रमित १ सयभन्दा बढीको मृत्यु, हंगेरीमा २ हजारभन्दा बढी संक्रमित, २ सयभन्दा बढीको मृत्यु, कुवेतमा २ हजारभन्दा बढी संक्रमित, १३ जनाको मृत्यु, काजकास्तानमा २ हजारभन्दा बढी संक्रमित २० जनाको मृत्यु, बहराइनमा २ हजारभन्दा बढी संक्रमित, ७ जनाको मृत्यु, क्रोएसियामा १ हजारभन्दा बढी संक्रमित छन् भने ४८ जनाको मृत्यु भएको जनाइएको छ ।
यस्तै आइसल्याण्डमा १ हजारभन्दा बढी संक्रमित, १० जनाको मृत्यु, ओमनमा १ हजारभन्दा बढी संक्रमित, ९ जनाको मृत्यु, उज्वेकिस्तानमा १ हजारभन्दा बढी संक्रमित, ८ जनाको मृत्यु, इस्टोनियामा १ हजारभन्दा बढी संक्रमित, ४५ जनाको मृत्यु, इराकमा १ हजारभन्दा बढी संक्रमित ८३ जनाको मृत्यु, अर्मानियामा १ हजारभन्दा बढी संक्रमित, २४ जनाको मृत्यु, अजरबैजानमा १ हजारभन्दा बढी संक्रमित, २० जनाको मृत्यु भएको छ । न्युजिल्याण्डमा १ हजारभन्दा बढी संक्रमित, १६ जनाको मृत्यु, लिथुनियामा १ हजारभन्दा बढी संक्रमित, ३८ जनाको मृत्यु, स्लोभानियामा १ हजारभन्दा बढी संक्रमित, ८० जनाको मृत्यु, स्लोभाकियामा १ हजार भन्दा बढी संक्रमित, १७ जनाको मृत्यु, क्युबामा १ हजारभन्दा बढी संक्रमित, ४० जनाको मृत्यु, अफगानस्तानमा १ हजारभन्दा बढी संक्रमित, ४० जनाको मृत्यु, घानामा १ हजारभन्दा बढी संक्रमित, ९ जनाको मृत्यु, बुल्गेरियामा १ हजारभन्दा बढी संक्रमित, ५० जनाको मृत्यु भएको छ ।
हङकङमा १ हजारभन्दा बढी मानिस संक्रमित छन् भने ४ जनाले ज्यान गुमाएका छन् । यस्तै, ट्युनिसियामा ९ सयभन्दा बढी संक्रमित, ४० जनाको मृत्यु, नाइजेरियामा ८ सयभन्दा बढी संक्रमित ३० जनाको मृत्यु, साइप्रसमा ८ सयमा संक्रमण १५ जनाको मृत्यु, उरुग्वेमा ५ सयभन्दा बढी संक्रमित, १२ जनाको मृत्यु भएको छ । माल्टामा ४ सयभन्दा बढी संक्रमित छन् भने ३ जनाको मृत्यु भएको छ । यस्तै, ताइवानमा ४ सय बढी संक्रमित, ६ जनाको मृत्यु, माल्टामा ४ सयभन्दा बढी संक्रमित ३ जनाको मृत्यु, ताइवानमा ४ सय बढी संक्रमित, ६ जनाको मृत्यु, ग्वाटेमालामा ३ सयभन्दा बढी संक्रमित र १० जनाको मृत्यु भएको छ ।
४२ देशमा छैन मृत्यु
संक्रमण देखिए पनि कोभिडलाई जितिरहेका ४२ देश छन् । यद्यपि ती देशहरूमा पनि कोभिड संक्रमितको संख्या भने दिनानुदिन बढिरहेको वल्र्डोमिटर्सको तथ्यांकले जनाउ“छ । हालसम्म कोभिडबाट मृत्यु नहुने देशमा नेपाल पनि हो । नेपालमा हालसम्म ४७ जना कोभिड संक्रमित छन् भने ९ जना उपचारपश्चात निको भैसकेका छन् । नेपालसँगै भियतनाम, रुवान्डा, कम्बोडिया, मडागास्कर, माल्दिभ्स, युगाण्डा, फ्रेन्च पोलिनेसिया, गुइयिन बिसाउ, मकाउ, मोजाम्बिक, इरिट्रिया, मंगोलिया, चाड, लाओस, फिजी, न्यू क्यालेडोनिया, डोमिनिका, नामिबिया, गे्रनाडा, सेन्ट लुसिया, ग्रिनल्याण्ड, भ्याटिकन सिटी, पपुवा न्यु गिनी, भुटान, सेन्ट बार्थ, वेष्ट्रन सहारा, क्यारिबियन नेदरल्याण्ड, दक्षिण सुडान, एन्गुइल्ला, यमन लगायतका देशमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु भएको छैन ।
६.९ प्रतिशतको मृत्यु, २७.४ प्रतिशतलाई निको
विश्वमा हालसम्म २६ लाख ५५ हजार ३ सय ५८ मानिस कोभिड संक्रमित छन् भने १ लाख ८५ हजार ६६ जनाको मृत्यु भैसकेको वल्र्डोमिटर्सले जनाएको छ । संक्रमितको कुल संख्यालाई आधार मान्दा विश्वमा हालसम्म ६.९ प्रतिशत संक्रमितले ज्यान गुमाइसकेका छन् भने २७.४ प्रतिशत मानिस उपचारपश्चात निको भएका छन् । हालसम्म विश्वमा ७ लाख २८ हजार ३८ जना मानिसले कोभिड जितेका छन् ।
उपचाररत ३ प्रतिशतको अवस्था गम्भीर
यतिबेला विश्वमा १६ लाख ८४ हजार १ सय २ जना कोरोना संक्रमित मानिसहरूको उपचार भैरहेको छ । जसमध्ये ३ प्रतिशत अर्थात् ५८ हजार १ सय ५२ अवस्था गम्भीर रहेको वल्र्डोमिटर्सले जनाएको छ ।