साप्ताहिक संवाददाता
वैशाख १२, २०७७
कोरोना कहरका कारण दैनिक मजदुरी गरेर जीवन यापन गर्ने श्रमिकहरुको अवस्था गम्भीर बन्दै गएपछि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना राहात विहीन नृत्यकारहरुलाई अनामनगरमा राहत वितरण गरिएको छ ।
नेपाल नृत्य संघका कार्यबहाक अध्यक्ष जनक कार्कीको अनुरोधमा उक्त खाद्यान्न राहत वितरण गरिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताएका छन् ।
नेपाल चलचित्र कलाकार संघ चलचित्रकर्मीहरुको पेशागत संघ संगठन भएकाले पनि संघको दायित्व निर्वाहा गरेको खड्काको भनाई छ । सहयोग तथा राहत कार्यक्रमलाई निरन्तरता दिने समेत खड्काले बताएका छन् ।