साप्ताहिक संवाददाता
बलिउड अभिनेता इफरान खानको निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबारनै उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।
५३ वर्षको उमेरमा निधन भएका इरफानका ‘सलाम बम्बे, हासिल, मेकूल’लगायतका चलचित्रहरु निकै सफल भएका थिए । उनले करिब ३० वर्षमा ५० भन्दा बढी हिन्दी, ब्रिटिश र हलिउड चलचित्रमा अभिनय गरेका थिए । ‘लाइफ अफ पाइ’ र ‘स्लमडग मिलिनियर’ अन्तर्रा्ष्टि्रयस्तरमै चर्चा कमाएका इरफानका चलचित्र हुन् ।
खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।
सलाम बम्बे चलचित्रमा हुलाकीको रोलवाट अभिनयको करिअर थालेका खानले हलिउड र बलिउडमा निर्माण भएका ८५ फिल्म र विभिन्न टेलिफिल्ममा अभिनय गरेका थिए ।